नेकपा एमाले डोल्पाद्धारा नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण

जैतुन अनलाइन | 2023-09-12

भदौ २६,

डोल्पा : नेकपा एमालेले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको तस्विर राखेर नेकपा एमाले डोल्पाले श्रद्धाञ्जली अर्पण गरेको छ । सोमबार राति निधन भएका नेम्वाङप्रति भाबपुर्ण श्रद्धाञ्जली अर्पण गरेको हो । नेकपा एमाले डोल्पाको पार्टी कार्यालयमा नेकपा एमाले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको तस्विर राखेर अन्त्यष्टी नहुदा सम्म जिल्ला पार्टी कार्यालय खुला राखि जो कसैले पनि तस्विरमा माल्यार्पण गरी श्रद्धाञ्जली दिन पाउने नेकपा एमाले डोल्पा जिल्ला पार्टि सचिव ल‌क बहादुर रोकायाले जानकारी दिए । नेम्वाङको तस्विरमा श्रद्धाञ्जली दिन जिल्लाका सबैतहका नेता तथा कार्यकर्ताहरु पार्टी कार्यालयमा उपस्थित भएका छन ।

वि.सं. २००९ साल फागुन २८ गते बुबा रामबहादुर नेम्वाङ र आमा अपिन्द्रकुमारी नेम्वाङको कोखबाट ईलाम नगरपालिका-७ मा  सुवास नेम्वाङको जन्म भएको हो ।  नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा असाधारण योगदान पुर्याएका नेम्वाङको ७० बर्षको उमेरमा सोमबार राति निधन भएको थियो  । संविधानसभाका अध्यक्षका रूपमा नेपालको संविधान निर्माण गर्ने ऐतिहासिक संविधानसभाको दुई-दुई पटक नेतृत्व गर्दै संविधान निर्माण गर्न अग्रणी भूमिका खेल्नुभएका उहाँको योगदान नेपालको इतिहासमा अमिट रूपमा स्थापित कुशल नेता हुनुहुन्छ ।

उहाँले पुनर्स्थापित प्रतिनिधिसभा (२०६३), अन्तरिम संविधान जारी भएपछि गठित व्यवस्थापिका संसद (२०६३), संविधानसभाको निर्वाचनपछिको व्यवस्थापिका संसद (२०६५) तथा २०७० गरेर चारपटक सभामुखको जिम्मेवारी अत्यन्त कुशलतापूर्वक बहन गर्नुभएको छ । २०४८ र २०५२ सालमा दुई पटकसम्म राष्ट्रियसभा सदस्य रहनुभएका उहाँ २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री रहनुभएको नेकपा (एमाले) को सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रीका हैसियतमा उहाँले मुलुकमा कानुनी शासनको सुदृढीकरणका लागि अत्यन्त गहन भूमिका खेल्नुभएको थियो । उहाँ जनतामाझ कति लोकप्रिय हुनुहुन्थ्यो भन्ने कुराको पुष्टि उहाँ २०५६, २०६४, २०७०, २०७४ र २००९ मा सम्पन्न निर्वाचनमा ईलामबाट निरन्तर विजयी भएको तथ्यबाट हुन्छ । २०५६ सालमा प्रतिनिधिसभा सदस्यको रूपमा ईलामबाट पहिलो पटक निर्वाचित भइ सार्वजनिक लेखा समितिको सभापतिका रूपमा उहाँले खेल्नुभएको भूमिका उल्लेखनीय छ ।