भदौ २६,
डोल्पा : धार्मिक इतिहास बोकेको च्योमु छोर्तेन चितुम राम्नाई पुन निर्माण गरिएको छ । काईके गाउँपालिका–६ बन्ठाडामा रहेकोे च्योमु छोर्तेन राम्नाईको चितुम पुनः निर्माणपछि एक कार्यक्रमका बिच उद्धघाटन गरिएको हो । हजारौँ बर्ष पुरानो च्योमु छोर्तेन राम्नाई चितुम जिर्न भएपछि पहिलो पटक बण्ठाडाका स्थानीयले पुनःनिर्माण गरेको हुन । च्योमु छोर्तेन राम्नाई चितुम बौद्ध धर्म अनुसार राक्षसले बानवलाइ दुख दिने गरेपछि दानव शक्तिलाई दैबिक शक्तिले हरण गरि दानव शक्तिलाइ मावन बस्तिमा प्रबेशमा रोक लगाइएको शक्ति केन्द्रका रुपमा च्योमु छोर्तेन राम्नाई चितुमलाई लिने गरिएको धार्मिक जनबिश्वास रहेको छ ।
यसरी गाँउ बस्तिको आसपास यस्ता खाले छोर्तेन तन्त्रमन्त्र सहित निर्माण गरेमा नागरकिले कुनैपनि रोग,भोग तथा दुख नापाउने र सुख शान्ति रहने स्थानीयको बिश्वास रहेको पाईन्छ । च्योमु छोर्तेन राम्नाई चितुम पनि यस बण्ठाडा क्षेत्रका नागरिकको बचाउको लागि लामाहरुले र देबीदेवाताहरुले शक्ति केन्द्रिकृत गरी निर्माण गरे पश्चात बण्ठाडा गाँउमा कुनैपनि दुख नपरेको वडा अध्यक्ष नरेन्द्र रोकायाले बताए । वडा अध्यक्ष रोकायाका अनुसार हेर्दा सामान्य जस्तो लागेपनि च्योमु छोर्तेन राम्नाई चितुम सकारात्मक शक्तिको मुख्य केन्द्र मानिने धार्मिक बिश्वास रहेको जानकारी दिए ।
साँस्कृति जोगाउन युवाहरु लागि रहेका छन । २५ बर्षदेखी हराएको स्थानीय चैती नृत्य अर्थात रुङ नाच बण्ठाडाका युवाहरुले पुन जर्गेना गरि रहेका छन । महान पर्व चैतीमा महिनौ सम्म नाचीने रुङ नाच हराउदै गएपछि परम्परागत रुपमा रहेको चैती नृत्य युवापङतीमा पुस्तानन्तरण गर्न लागीएको वडा नम्बर ७ का वडा अध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिए । पुरानो कला र साँस्कृति जोगाउन युवा पुस्ताले निकै चासो देखाएको र बुढा पुस्ताले युवालाइ पुस्तानान्तण गरि रहेकोले अब कुनैपनि हालतमा चैती नृत्य रुङ लोप नहुनेमा स्थानीयहरु बिश्वस्त रहेका छन ।
यसरी हराउदै गरेको चैती नाच रुङ मात्र नभएर अन्य थुप्रै कला साँस्कृतिहरु स्थानीय सरकारले आन्तरीक स्रोत र बाह्रय स्रोतबाट काईके गाउँपालिका भित्र जगेर्ना गरि रहेको काईके गाउँपालिका अध्यक्ष अंगद कुमार रानाले बताए । अध्यक्ष रानाले भने हामिले धार्मिक तथा साँकृतिक सम्पदाको संरक्षण र पुन निर्माण गरिरहेका छौ आगामी दिनमा विशेष प्रथामिक्ता दिदै जाने र काईमा रहेका कुनैपनि कला साँस्कृति धार्मिक सँस्कार लोप नहुने दिने छैनौ । धार्मिक सम्पदाहरु स्थानीयका आस्था संगै यसले पर्यटन प्रवद्धनमा टेवा पुर्याउने भएकोले पनि संरक्षणमा सवैले जोड दिनुपर्ने अध्यक्ष रानाले बताए । विभिन्न निकायमा पहल भैरहेकोले आगामी एक बर्ष भित्र काईके यातायात,संचार,विधुत लगाएतका संजालमा जोडीने प्रतिबद्धता जनाउदै स्थानीय सरकारले जनताको हितमा काम गरि रहेकोले जनताको सेवाको लागि कुनै कशुर बाँकी नराख्ने समेत रानाले जनतालाइ बचन दिए ।
उद्घानट समारोहको अवसरमा विधि साँस्कृतिक तथा खेलकुद कार्यक्रम आयोजना गरिएको छ । च्योमु छोर्तेन राम्नाई चितुम उद्धघाटनमा खेलकुद देखी भाग्य चिठ्ठा समेत खेलाईने भएको छ । सांस्कृतिक कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायक बालचन्द्र बराल र गायीका अमृता लामिछाने र स्थानीय कलाकारहरुले विभिन्न सांगेतिक कोशेली प्रस्तुत गरेर मनोरन्जन दिएका थिए भने विभिन्न कलाकार विच चर्काचर्की रुपमा दोहोरी गाएका थिए । भाग्य चिठ्ठामा सुनको औठी,घोडा,चाँदीको दियो लगाएतका ६० प्रकारका वस्तु उपलब्ध गराउने गरि चिठ्ठा खोल्ने, खुल्ला भलिबल प्रतियोगीता लगाएतका कार्यक्रम सेडुल अनुसार संचालन हुने बन्ठाडा च्योमु छोर्तेन चितुम रामनाई समितिका अध्यक्ष पंच रोकायाले बताए ।
हजारौ बर्ष पहिले निर्माण भएको च्योमु छोर्तेन राम्नाई चितुम स्थानीयको दुख कष्ट् परेको खण्डमा रक्षा होस भनेर पुन निर्माण पछि विधिवद् रुपमा प्रमुख लामा द्धारा पुजा गरि उद्घाटन गरिएको काईके गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष नरेन्द्र रोकायाले बताए ।च्योमु छोर्तेन राम्नाई चितुम अध्यक्ष पंच रोकायाको अध्यक्षतामा प्रमुख लामा नाम्दा लामाको प्रमुख आतिथ्यतामा काईके गाउँपालिका अध्यक्ष अंगद कुमार रानाको विशेष अतिथिमा विभिन्न व्यक्तीहरुको सहभागीतामा च्योमु छोर्तेन राम्नाई चितुम विधिवद्रुमा उद्घाटन गरिएको हो ।
तस्विरमा हेर्नुहोस :