डोल्पामा माओवादीमा प्रवेश गर्नेको होडबाजी

जैतुन अनलाइन | 2023-09-09

 

सरोज थापा / भाद्र २३

डोल्पा :  माओवादी केन्द्र डोल्पाले ३ महिने अभियान शुरु गरे सङ्गै पार्टी पर्बेशको लहर जिल्लाभर एकै साथ बढेको छ ।
डोल्पाका आठ ओटै स्थानिय तहमा केन्द्रीय पार्टीको निर्णय अनुसार “जनजनमा माओवादी घरघरमा माओवादी” भन्ने मूल नाराका साथ जनता सग माओवादी रुपान्तरण अभियान जिल्लामा संचालन भैरहेको जिल्ला पार्टी सचिब दत्त बहादुर शाहिले बताए ।

सोही क्रममा ठुलीभेरी नगरपालिका वडा नम्बर ५ र ६ साबिकाको माझफाल गाबिसमा अभियान शशक्त ढंगले आगाडी बढेको ठुलिभेरी ५,६ र ८ वडाका अभियान इन्चार्ज कमल बहादुर शाहिले बताए । माझफाल अभियान बाट सामाजिक अभियान्ता प्रेम बहादुर बोहोरा कोग्ले लगाएर वारि पारी माझफाल का ४९ जना संयुक्त पर्टी प्रबेश गरेको इन्चार्ज शाहिले जानकारी दिए । यो अभियानले डोल्पा जिल्लामा माओबादी प्रतिको जन लहर आशा लाग्दो देखिएको छ ।

पार्टी प्रबेश गरे सङ्गै नब प्रबेशिकाहरुलाई कसरी ब्यबस्थापन गर्ने उनिहरुको राजनिती सुरक्षित गर्नको लागि चिन्ता बढेको डोल्पाका जिम्मेवार नेतृत्वको भनाई रहेको छ ।

डोल्पाको ८ ओटै स्थानीय तह मुड्केचुला ,जगदुल्ला , छार्काताङ्सोङ , काइके , फोक्सुण्डो , डोल्पोबुद्द गाउँपालिका त्रिपुरासुन्दरी नगरपालिका र ठुली भेरि नगरपालिकामा गरेर सबै ठाउमा एकै साथ अभियान संचालन भएको तर माथिल्लो डोल्पा भौगोलिक रुपमा कठिनाई भकोले आअभियान टोलि आगाडी बडीरहेको माओवादी केंद्र डोल्पाले जनाएको छ ।

जिल्लाभरको ३ महिने अभियान र ठाउँ ठाउका कार्यक्रमहरु शशक्त तरिकाले भौरहेको माओवादी केन्द्र डोल्पाको पार्टिले जनाएको छ ।