डोल्पा : नेकपा माओवादी केन्द्र डोल्पाले तीन महिने अभियानका बारेमा पत्रकार सम्मेलन गरि जानकारी गरेको छ । आज बुधबार सदरमुकाम दुनै बजारमा पत्रकार सम्मेलन गरि तीन महिने पार्टी अभियानका बारेमा नेकपा माओवादी केन्द्र डोल्पाका अभियान इन्चार्ज तथा राष्ट्रिय सभाका सदस्य नर बहादुर बिष्ट,नेतृ उर्मिला विश्वकर्मा,नेता विर बहादुर शाही लगाएत जिल्लाका नेता तथा कार्यक्रता सहभागीतामा तीन महिने अभियानका बारेमा जानकारी गराईएको हो । नेकपा माओवादी केन्द्र केन्द्रीय कमिटीको निर्देशनअनुसार डोल्पा जिल्लामा पनि जनजनमा माओवादी, घरघरमा माओवादी भन्ने मुल नाराको साथ विभिन्न गाउँवस्तीहरुमा पार्टीका गतिविधि गरिने भएको छ ।
तीन महिने अभियान भित्र पार्टी सदस्यता नविकरण,पार्टी पुर्नगठन,विकास निमार्णका गतिविधि लगाएतका क्रियाकलापहरु संचालन गरिने तीन महिने अभियान डोल्पाका इन्चार्ज नर बहादुर बिष्टले जानकारी दिनुभयो । अभियानमा नेकपा माओवादी केन्द्रले कार्यशैली,जिवन शैली परिवर्तन गरेर जनतासामु जाने र सत्तामा हुदा गरेका राम्रा कामहरु जनमानसमा पुर्याउने काम पनि हुने डोल्पा इन्चार्ज तथा राष्ट्रिय सभाका सदस्य विष्टले बताउनुभयो । अहिलेको सरकारले जनताको भावना अनुसार काम गरिरहेको पनि बिष्टले दाबी गर्नुभएको छ ।
कर्णाली प्रदेश सरकारले कर्णालीका दश जिल्लामा भुगोलका आधारमा विकास निर्माणका काम गरिरहेको नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सरकार जलस्रोत तथा उर्जा विकास मन्त्री उर्मिला विश्वकर्माले बताउनुभयो । तीन महिने अभियानमा पार्टीले राम्रा काम र नराम्रा काम दुवैको रायसुझाव संकलन गरि आगामी दिनमा दिर्घकालीन योजना तयार गनुपर्ने मन्त्री विश्वकर्माले बताउनु भयो । काम गर्ने ठाउँमा पुग्दा सवैको माग पुरा गर्न नसकिने स्वीकार गर्दै कतैको योजना काटेर कतै हाल्ने काम आफुबाट नभएको मन्त्री विश्वकर्माले पत्रकारहरुलाई स्पस्ट पार्नुभयो ।
डोल्पा जिल्लाको लागि कर्णाली प्रदेश सरकारबाट विभिन्न खाले दिर्घकालीन कामहरु भैरहेको माओवादी केन्द्रका नेता तथा कर्णाली प्रदेश सभा सदस्य तथा पुर्व उधोग,पर्यटन,वन तथा वातावारण मन्त्री बिर बहादुर शाहीले दाबी गर्नुभयो । तीन महिने अभियानमा आफुहरु सरकारमा हुदा भएगरेका कामहरुका बारेमा जनतालाई स्पस्ट पार्ने र आगामी दिनमा कस्ता खाले योजना तथा काम गर्दा उपयूक्त होला भन्ने बारेमा सल्लाह सुझाव संकलन गरेर सरकार समक्ष पुर्याउने नेता शाहीले बताउनुभयो । घरघरमा माओवादी,जनजनमा माओवादी अभियान आआफ्नो जिम्मेवारी अनुसार विहिवार देखि डोल्पाका सवै वडा पालिकामा सुभारम्भ हुने नेकपा माओवादी केन्द्र डोल्पाले जनाएको छ ।