आयूर्वेद स्वास्थ्य केन्द्र डोल्पामा २१ जना पाइल्सका बिरामीको निशुल्क सल्यक्रिया

जैतुन अनलाइन | 2023-08-29

लेख बुढा, भाद्र १२,
डोल्पा :  डोल्पाको सदरमुकाम दुनै बजारमा रहेको आयूर्वेद स्वास्थ्य केन्द्रमा सेवाग्राहीहरु बढ्न थालेका छन । आयूर्वेद स्वास्थ्य केन्द्रले विरामीका लागि सेवा सुविधाहरु बढाए संगै आयूर्वेद उपचार पद्धतीमा सेवाग्राही बढ्न थालेका हुन ।
आयूर्वेद स्वास्थ्य केन्द्र दुनै डोल्पाबाट सवै प्रकारका निशुल्क जनरल सेवा,सवै प्रकारका औषधी निशुल्क वितरण,निशुल्क विरामी चेकजाँच,छारसुत्र द्धारा पाइल्स तथा फिस्ठुलाको शल्यक्रिया सेवा,स्थानपान आमालाई दुध बढाउने औषधी वितरण सेवा,जेष्ठ नागरिकलाई रसायन औषधी वितरण सेवा, निशुल्क ल्याव परिक्षण सेवा,पंचकर्म थेरापी लगाएतका सवै प्रकारका सेवाहरु निशुल्क दिदै आईरहेको आयुर्वेद स्वास्थ्य केन्द्र दुनै डोल्पाका कार्यालय प्रमुख दीपेन्द्र कुमार उपाध्यायले बताउनुभयो । पछिल्लो समय डोल्पामा पनि आयुर्वेद पद्धतीबाट उपचार गर्नेको संख्या बढ्दै गएको प्रमुख उपाध्यायले बताउनुभयो ।


आर्थिक बर्ष २०७९÷८० मा आयुर्वेद स्वास्थ्य केन्द्र दुनै बाट छारसुत्र द्धारा पाइल्स तथा फिस्ठुलाको विरामी महिला ९ जना र पुरुष १२ जना गरि जम्मा २१ जनाको सल्यक्रिया गरिएको छ । यस्तै पाइल्स् तथा फिस्ठुलाको अन्य ३४ जनाको चेकजाँच तथा उपचार गरिएको आयुर्वेद स्वस्थ्य केन्द्र दुनैले जनाएको छ।
गत आर्थिक बर्षमा आयुर्वेद स्वस्थ्य केन्द्र दुनैबाट महिला २ हजार ९ सय १५ र पुरुष २ हजार ७ सय १ जना गरि जम्मा ५ हजार ६ सय १६ जनाले जनरल तर्फका सेवा लिएका छन । नवजात शिसु देखि ६० बर्ष भन्दा माथिका सवै उमेर समुहले सेवा लिएको र स्थानीय लगाएत जिल्ला बाहिरका नागरिक रहेको आयुर्वेद स्वस्थ्य केन्द्रले जनाएको छ ।
स्थानपायी आमालाई दुध बढाउने औषधी ६ सय ६५ पटक वितरण गरिएको छ । जेष्ठ नागरिकहरुलाई स्रेहन सेवा,स्वेदन सेवा र रसायन औषधी गरेर १ हजार ६ सय ७९ जनालाई वितरण गरिएको छ ।

यस्तै पुर्वपञ्चकर्म विधिमार्फत महिला ४ सय ९ र पुरुष ३ सय ७८ गरि जम्मा ७ सय ८७ पटक सेवा लिएका छन । यसैविच आयूर्वेद स्वस्थ्य केन्द्र दुनै डोल्पामा विभिन्न प्रकारका ४ हजार ३ सय ३३ वटा ल्याव परिक्षण गरिएको आयूर्वेद स्वस्थ्य केन्द्र दुनै डोल्पाका कार्यालय प्रमुख दीपेन्द्र कुमार उपाध्यायले बताउनुभयो । विरामीलाई अन्य कुनैपनि असर नगरि उपचार हुने हुदा विस्तारै डोल्पामा पनि आयूर्वेद उपचारमा सेवाग्राही बढ्न थालेको प्रमुख उपाध्यायले बताउनुभयो । डोल्पाका अन्य स्थानीय तहहरुमा पनि आयुर्वेद शाखाहरु रहेको र त्यहाँबाट अलि जटिल विरामी दुनैमा बोलाएर उपचार गर्ने गरेको उपाध्यायले बताउनुभयो ।
हाल दैनिक १५ देखि २० जनाले चेकजाँचको लागि आयूर्वेद स्वास्थ्य केन्द्रमा पुग्ने गरेको आयूर्वेद स्वास्थ्य सेवा केन्द्र दुनै डोल्पाले जनाएको छ ।