नेकपा एकीकृत समाजवादी पार्टी डाेल्पाले स्थापना दिवस मनायो

जैतुन अनलाइन | 2023-08-26

डाेल्पा : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) डाेल्पाले विभिन्न कार्यक्रम गरि पार्टी स्थापना दिवस मनाएको छ । पार्टी जिल्ला अध्यक्ष छक्क बहादुर धरालाकाे अध्यक्षतामा पार्टी कार्यालयमा दिप प्रज्वलन गरिएकाे छ । यस्तै पार्टी स्थापना दिवसकाे अवसरमा जिल्ला अस्पताल डाेल्पामा आबश्यक विरामीकाे लागि पानी तताउन मिल्ने ३ थान इलेक्ट्रोनिक जग,पानी पिउनकाे लागि प्रयाेग गरिने गिलास हस्तान्तरण गरिएको नेकपा एकीकृत समाजवादी पार्टी डाेल्पाका सचिप युवराज थकालीले जानकारी दिए। यस्तै पार्टी स्थापना दिवसकाे अवसरमा जिल्ला अस्पताल डाेल्पाका बिरामीहरुलाई जुस वितरण गरिएको थकालीले बताए ।

पार्टी स्थापना दिवसकाे अवसरमा हस्तान्तरण गरेका सामाग्री बुझ्दै जिल्ला अस्पतालमा पनि केही समस्या छ है भन्ने सकरात्मक साेच राखेकाे भन्दै जिल्ला अस्पताल डाेल्पाका चिकित्सा शाखा प्रमुख डाक्टर अखण्ड उपाध्यायले धन्यवाद व्यक्त गरेका छन । अस्पतालका अन्य ठुलाठुला समस्या समाधान गर्न नेतृत्व बर्गले पहल गर्नेमा पनि विश्वास रहेकाे डाक्टर उपाध्यायले बताए ।

एकीकृत समाजवादी पार्टी जनताको सुखदुःख काे पार्टी हाे भन्ने जनताले महसुस गर्नेगरी पार्टीका नेतृत्वलाई काम गर्न पेशागत महासंघ डाेल्पाका अध्यक्ष राजन कुमार डाँगीले आग्रह गरेका छन । कुनै पनि व्यक्तिलाई समस्या परेकाे खण्डमा विशेषगरी नेतृत्वले ध्यान दिनुपर्ने त्यसकाे लागि सबैको हातेमालो आबश्यक रहेकाे उनले बताए ।

पार्टी स्थापना दिवस कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टी स्थापनाकाे चर्चा परिचर्चा गर्दै आगामी दिनमा संगाठानिक रुपमा बलियाे हुन आबश्यक रहेकाे नेकपा एकीकृत समाजवादी पार्टी कर्णाली प्रदेश कमिटी सदस्य बबिकिश्वर गुरुङले बताए ।

पार्टी स्थापना दिवसकाे अवसर कार्यक्रममा संम्बाेधन गर्दै जिल्लाका सबै तहका कार्यक्रतालाइ भाेलीका दिनमा एकीकृत समाजवादी पार्टी रहन्छ या रहन्न भन्ने भ्रममा नपर्न नेकपा एकीकृत समाजवादी पार्टी डाेल्पाका अध्यक्ष छक्क बहादुर धरालाले बताए । एकीकृत समाजवादी पार्टी कुनै ठाउँमा बिलिन हुने अवस्था नरहेकाे भन्दै पार्टीमा कटिबद्ध भएर काम गर्न पार्टी कार्यक्रतालाई पार्टी अध्यक्ष धरालाले आग्रह गरेका छन । डाेल्पाका गाउँ गाउँमा स्थानीयले एकीकृत समाजवादी पार्टी प्रति आस्था र भराेसा राखेकाे देख्दा खुसी लागेकाे जिल्ला अध्यक्ष धरालाले बताए । आगामी दिनमा एकीकृत समाजवादी पार्टी डाेल्पामा ठुलाे पार्टी बन्ने ढुक्क हुन कार्यक्रतालाई आग्रह गरे ।

तत्कालीन नेकपा विभाजन पछि नेकपा एमाले बाट बिद्वाेह गरि बि.सं. २०७८ भदाै ९ गते निर्वाचन आयाेगमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ता विधिवत दर्ता भएकाे थियाे । पार्टी स्थापना दिवसकाे अवसरमा जिल्लाका पार्टी प्रतिनिधि,विभिन्न भातृसंगठनका प्रमुख तथा प्रतिनिधिहरुकाे सहभागीता रहेकाे थियाे । सबैले शुभकामना आदानप्रदान गरेका थिए । बेलुकी पख पार्टी कार्यालयमा दिप प्रज्वलन गरिएको छ ।