काँग्रेस कमजोर बने देशले दुख पाउँछ –केन्द्रिय सदस्य बुढा

जैतुन अनलाइन | 2023-08-23

विष्णुप्रसाद देवकोटा
काठमाडौ :  काँग्रेसका केन्द्रिय सदस्य कर्ण बुढाले नेपाली काँग्रेस कमजोर बने देशले नै दुख पाउने बताएका छन ।
नेपाल तरुणदल र नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्षहरुको सम्मान कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य बुढाले उक्त कुरा बताएका हुन ।
स्वदेशी तथा विदेशी दलालका कारण देशको अवस्था नाजुक भएको बेला अरु राजनीतिक शक्तिप्रति आशा राख्नु बेकार हुने उनको भनाई थियो ।
नेपाली काँग्रेसको मेरुदण्डका रुपमा रहेका तरुणदल र नेविसंघका जुझारु युवापंक्तिले गुटउपगुटमा विभाजित नभएर एक ढिक्का भई अगाडि बढेमा पछाडि परेको कर्णालीलाई राष्ट्रिय राजनीतिको मुलप्रवाहामा ल्याउन मात्र नभई देशलाई नै वर्तमान संकटवाट निकास दिन सकिने समेत केन्द्रिय सदस्य कर्ण बुढाले बताए ।
कर्णाली प्रदेशवाट तरुणदल र नेविसंघको केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्षहरुलाई अविर टिका र खादा लगाएर केन्द्रिय सदस्य बुढाले सम्मानका साथ बधाई दिएका थिए ।


काठमाण्डौको खिचापोखरीस्थित घुइचो रेष्टुरेन्टमा आयोजित शुभकामना बधाई तथा सम्मान कार्यक्रममा ठूलिभेरी नगरपालिका जुफालका मेयर श्ववर्ण बुढा त्रिपुरासुन्दरी नगरपालिकाका प्रत्यासी मेयर चन्द्रलाल धरला नेपाली काँग्रेसका पुर्व महासमिति सदस्य गौरीशंकर उपाध्याय हिराबहादुर रोकायाले समेत नवमनोनित पदाधिकारीहरुलाई सम्मान गरेका थिए ।
कार्यक्रममा नेपाल तरुणदल र नेविसंघका कर्णाली प्रदेशबाट केन्द्रिय पदाधिकारीमा मनोनित भएका ४५ जना भन्दा बढी पदाधिकारीको सहभागिता रहेको थियो ।बधाई शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमको संचालन डोल्पाबाट मनोनित नेपाल तरुणदलका केन्द्रिय सदस्य जयस उपाध्यायले गरेका थिए ।
फोटो क्याप्सन –केन्द्रिय सदस्यहरुलाई सम्मान गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य कर्ण बुढा ।