जबर्जस्ती करणीका दाेषिलाई कारबाहीकाे लागि पहल गर्न सांसद बुढालाई डाेल्पाली बिधार्थीकाे आग्रह

जैतुन अनलाइन | 2023-08-23

डाेल्पा : जगदुल्ला गाउँपालिका वडा नं. ६ कि १५ बर्षिया बालिकालाई जबर्जस्ती करणी गरेकाे आराेपमा पक्राउ परेकालाई कुनैपनि दबाब विना कारबाही लागि पहल गर्न डाेल्पा बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पुर्व पर्यटन राज्यमन्त्री धन बहादुर बुढालाई डाेल्पाली बिधार्थीहरुले आग्रह गरेका छन।
मंगलबार सांसद बुढालाइ काठमाडौंमा भेटेर डाेल्पाली बिधार्थीहरुले बलात्कार जस्ताे जघन्य अपराधमा संलग्न रहेकाे सबैलाई निष्पक्ष तरिकाले छानबिन गरि कडा कारबाही गर्नकाे लागि सम्बन्धित निकायमा पहल गरिदिनकाे लागि आग्रह गरिएको अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य माेहन बुढाले बताए । डाेल्पा जस्तो पवित्र ठाउँमा जघन्य अपराध गर्नेलाई कानुनी कारबाहीको लागि आफ्नाे तर्फबाट पहल गर्ने सांसद बुढाले बताएको उनले बताए ।
बालिका बलात्कार घटनामा संलग्न ९ जना मध्य ३ जनालाई प्रहरीले प्रकाउ गरि सार्वजनिक गरेकाे छ भने ६ जनालाई प्रहरीले खाेजीकार्य गरिरहेको छ।
उक्त बालिकालाई विभिन्न समयमा ललाइफकाइ गरि जबर्जस्ती करणी गरेकाे भन्दै आफन्तले उजुरी दिएकाे थिए । बालिकाकाे पेटमा ६ महिनाकाे गर्भ रहेकाे घर परिवारले थाहापाए पछि घटना बाहिरिएको हाे ।