डाेल्पा : डाेल्पाकाे जगदुल्ला गाउँपालिका वडा नं. ६ मा बस्ने एक स्थानीय १५ बर्षिया बालिका बलात्कार घटनामा संलग्न थप १ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । डाेल्पाकाे जगदुल्ला गाउँपालिका ५ बस्ने बर्ष २२ का बुद्विमान बाेहाेरालाई इलाका प्रहरी कार्यालय काइगाउँका प्रहरी हवल्दार रमेश गिरीकाे टाेलीले जगदुल्ला गा.पा. १ मा पर्ने लाङटाङ पाटनबाट पक्राउ गरेकाे हाे ।
यस अघि जगदुला गाउँ पालिका ५ का धर्मराज बाेहाेरा,सल्यान जिल्ला कुमाख गाउँपालिका ५ बस्ने अन्दाजी बर्ष २५ बर्षका रेशम राना,जिल्ला जाजरकोट कुशे गाउँपालिका ९ बस्ने बर्ष २१ का कृष्ण बि.क लाई पक्राउ गरि सार्वजनिक गरिएकाे थियो । पक्राउ परेका ४ जनालाई अनुसन्धान कार्य भैरहेको र बाकी फरार ५ जनाकाे खाेजीकार्य भैरहेकाे जिल्ला प्रहरी कार्यालय डाेल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए ।
गत माघ/फागुन महिनामा प्रकाउ परेका ४ जना,फरार ५ जना सहित ९ जनाले उक्त बालिकालाई विभिन्न समयमा ललाइफकाइ गरि जबर्जस्ती करणी गरेकाे भन्दै उजुरी दिएकाे थिए । बालिकाकाे पेटमा ६ महिनाकाे गर्भ रहेकाे घर परिवारले थाहापाए पछि घटना बाहिरिएको हाे ।