डोल्पा : जाजरकोट डोल्पा जोड्ने भेरीकरिडोरको सडक खुलेको छ । डोल्पाखण्डको खदाङ र करोपगाड बिचको करिब १ सय ५० मिटर अवरुद्ध सडक ११ दिनपछि खुलेको हो ।
त्रिपुरासुन्दरी नगरपालिका-५ मा पर्ने अनारदुलामा माथिबाट खसेको सुख्खा पहिरोको कारण १ सय ५० मिटर सडक अवरुद्घ भएको ११ दिन पछि खुलेको हो र यात्रा सहज भएको नेपालगन्जबाट डोल्पा जाँदै गरेका यात्रु दिर्घ आर्सिले बताए ।
अबरुद्ध सडक एक्साभेटर लगाएर पहिरो पन्छाएसँगै सडक खुलेको भेरीकरिडोर कार्यालयका प्रमुख सुजन अधिकारीले जानकारी दिए।
सुख्खा पहिरोले सडक समेत भासिएकाले बाटो खुलाउन तटबन्ध समेत गरिएको उनले बताए। सडक खुलेपछि जिल्ला भित्रने र बाहिरिने सवारीसाधनहरु आवागमनमा सजिलो भएको यातायात व्यवसायीले बताएकाछन्।
कम्जोर जमिन भएकोले बरमबार सुख्खा पहिरो आउने गरेकोले सहजै यात्रा गर्न कठिन छ ।