बालिका बलात्कार गर्ने ३ जनालाइ प्रहरीले गर्यो सार्वजनिक ६ जना खोज्दै प्रहरी

जैतुन अनलाइन | 2023-08-19

डाेल्पा : डाेल्पाकाे जगदुल्ला गाउँपालिका वडा नं. ६ मा बस्ने एक स्थानीय  १५ बर्षिया बालिका  बलात्कार घटनामा संलग्न ३ जनालाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय डाेल्पाले सार्वजनिक गरेकाे छ।

डाेल्पा जगदुल्ला गाउँपालिका ५ बस्ने बर्ष २९ का धर्मराज बाेहाेरा, सल्यान जिल्ला कुमाख गाउँपालिका ५ बस्ने अन्दाजी बर्ष २५ बर्षका रेशम राना,जिल्ला जाजरकोट कुशे गाउँपालिका ९ बस्ने बर्ष २१ का कृष्ण बि.क लाई सार्वजनिक गरिएकाे हाे । यस्तै उक्त घटनामा संलग्न ६ जना फरार रहेकाेले खाेजिकार्य भैरहेकाे जिल्ला प्रहरी कार्यालय डाेल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले जानकारी दिएका छन ।

गत माघ/फागुन महिनामा प्रकाउ परेका ३ जना,फरार ६ जना सहित ९ जनाले उक्त बालिकालाई विभिन्न समयमा ललाइफकाइ गरि जबर्जस्ती करणी गरेकाे भन्दै उजुरी दिएकाे थिए । बालिकाकाे पेटमा ६ महिनाकाे गर्भ रहेकाे घर परिवारले थाहापाए पछि घटना बाहिरिएको हाे । गर्भवती भएकी उक्त बालिकालाई हेरचाह केन्द्रका लागि जिल्ला अस्पताल डाेल्पाकाे सिफारिसमा एक द्दार संकट व्यवस्थापन केन्द्रको सहयोगबाट सुर्खेतमा पठाइएको छ।