रामचन्द्र न्याैपाने,
डाेल्पा २ भदाै : हिमाली जिल्लाकाे दुनैमा रहेकाे दुनै बाेर्डिङ स्कुलले तिसाैँ बार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रुपमा मनाएको छ ।
शनिवार सदरमुकाम दुनैमा रहेकाे आफ्नै प्राङ्गणमा बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएकाे हाे ।
आजभन्दा तीस बर्ष अघि अंग्रेजी शिक्षाकाे अभावमा डाेल्पाली बालबालिकाले भाेग्नु परेकाे समस्यालाई मध्येनजर राख्दै स्थानीय समाजसेवी स्वर्गीय अंगत कुमार हमाल लगायत दस जनाले बिद्यालय स्थापना गरेका थिए ।
नर्सरी देखि आठसम्म सञ्चालित दुनै बाेर्डिङ स्कुलले जिल्लामै नमुना शैक्षिक संस्थाकाे रुपमा शिक्षाकाे ज्वती छरिरहेकाे छ ।
यस बिद्यालयमा अहिले झन्डै तीनसय बिद्यार्थीहरुले अध्ययन गरिरहेकाे र बिद्यालयले आफ्नै सम्पूर्ण भाैतिक संरचनाहरु निर्माण गर्न सफल भएको प्रधानाध्यापक लाेकेन्द्र जैसीले बताए ।
बार्षिकउत्सव समाराेहका सभाध्यक्षका रुपमा चाँद हमाल, प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर राेकाय,प्रमुख जिल्ला अधिकारी भुमिश्चर पाेख्रेल,प्रहरी नायव उपरीक्षक शिव बुढाथोकी,समाजसेवी लक्ष्मीकान्त उपाध्याय, जिल्ला अस्पताल डाेल्पाका डाक्टर अखन्ड उपाध्याय लगायतका अतिथि तथा अभिभावकहरुकाे उल्लेख उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा अवसरमा विभित्र साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियाे ।