जगदुल्लामा १५ बर्षिया बालिकालाई जबर्जस्ती करणी गर्ने ३ जना पक्राउ ६ जनाको खोजी गर्दै प्रहरी

जैतुन अनलाइन | १ भाद्र २०८०, शुक्रबार

१५ बर्षिया बालिकालाई जबर्जस्ती करणी ६ महिना पछि घटना बाहिरियो
डाेल्पा :  डाेल्पाकाे जगदुल्ला गाउँपालिका वडा नं. ६ मा बस्ने एक स्थानीय १५ बर्षिया बालिकालाई बलात्कार गरेकाे ६ महिना पछि घटना बाहिरको छ । साेहि गाउँ स्थिति भगवती माध्यमिक विधालयकाे कक्षा ७ मा अध्ययनरत बालिकालाई २०७९ अन्दाजी माघ/फागुन महिना तिर बालिकालाई ललाईफकाई गरि बलात्कार गरेकाे पिडितका आफन्तले बताएका छन ।
स्थानीय केही युवाले बालिकालाई विभिन्न समयमा पटक पटक बलात्कार गरेकाे र बालिकाको पेटमा गर्भ रहेकाे थाहा पाएपछि आफन्तले जानकारी पाएका हुन । बालिकाकाे आफन्तका अनुसार स्थानीय ९ जना युवा संकाकाे घेरामा रहेकाे बुझिएकाे छ। पिडित र पिडितका आफन्त सामान्य परिवारका भएकै कारण पटक पटक गाउँमै छलफल गर्न दवाब दिएपछि केश जिल्ला प्रहरी कार्यालय डाेल्पामा पुगेको छ।
जिल्ला प्रहरी कार्यालय डाेल्पाकाे अनुसार ३ जना युवा प्रहरी नियन्त्रणमा रहेकाे र बाकीँ ६ जनालाई पक्राउ गर्ने तयारी रहेकाे जनाईएकाे छ ।
गर्भवती भएकी नाबालिकालाई हेरचाह केन्द्रमा स्तानतरण गर्नकाे लागि कर्णाली प्रदेश सुर्खेतमा समन्वय भैरहेकाे बताईएकाे छ।