डाेल्पा : हिमाली जिल्ला डाेल्पामा पर्ने चिनसँग सिमाना जाेडिएकाे माेरिम्ला र क्याटाे नाका खुलाउनकालागि परराष्ट्र मन्त्रालयकाे ध्यानाकर्षण गराइएको छ ।
डाेल्पाकालागि संघिय सांसद धन बहादुर बुढा र शे-फाेक्सुन्डाे गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङ्छेन गुरुङ्ग सहितकाे टाेलीले नाका खाेल्ने बिषयमा पत्र सहित बुधबार परराष्ट्र मन्त्री नारायण प्रकाश साउदकाे ध्यानाकर्षण गराएकाहुन् ।
काेभिड-१९ संक्रमण भएदेखि नखुलेकाे माेरिम्ला र क्याटाे नाका दुई हप्ताकालागि भएपनि खाेलिदिन आग्रह सहित अनुराेध पत्र समेत बुझाइएको सांसद बुढाले बताए ।
चिनकाे स्वसासित क्षेत्र तिब्बतकाे सिँगाचे प्रदेशमा पर्ने डाेङ्बा काउन्टिले ब्यापारीक नाका केही दिनकालागि खुल्ने जानकारी आएकाले साेहि अवसरमा डाेल्पाका नाका पनि खाेल्न पहल भएको सांसद बुढाकाे भनाइ छ ।
लामाेसमय देखि नाका नखुल्दा उपल्लो डाेल्पाका नागरिकले खाद्यन्न लगायतका दैनिक उपभाेग्य सामाग्रीहरु ढुवानीमा चरम सास्ती भाेगिरहेकाले त्यसकाे समाधानकालागि नाका खाेल्न अपरिहार्य भएको उनकाे भनाइ छ ।
उपल्लो डाेल्पामा पर्ने शे-फाेक्सुन्डाे,डाेल्पाेबुद्व र छार्काताङ्साेङ् गाउँपालिकामा भाैगिलिक हिसाबमा विकट र खाद्यान्न उत्पादन नगन्यमात्रामा हुने भएकाले पनि अहिलु उपल्लो डाेल्पाका नागरिकले खाद्यान्न संकट झेलिरहेकाे सराेकारवालाकाे भनाइ छ ।
नाका खुलेपछि उपल्लो डाेल्पाबासीले नुन,तेल,चामल, माेटरसाइकल,लत्ताकपडा लगायतका बस्तुहरु आयात गर्न सक्नेछन् ।