डोल्पाबाट ५ सय ८३ केजी २५५ ग्राम यार्सागुम्बा निर्यात

जैतुन अनलाइन | 2023-08-15

डोल्पा :  गत आर्थिक वर्ष २०७९/०८० मा डोल्पाबाट जम्मा ५ सय ८३ केजी ५४ ग्रामकाे परिमाणमा बहुमूल्य जडीबुटी यार्सागुम्बा निकासी भएको छ ।

यार्सागुम्बा भण्डार क्षेत्रको रूपमा रहेको डोल्पाबाट ५ सय ८३ केजी ५४ ग्राम परिमाणमा यार्सागुम्बा जिल्ला बाहिर निकासी भएको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र डभिजन वन कार्यालय डोल्पाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सुलिगाडका संरक्षण अधिकृत लालबहादुर भण्डारीका अनुसार आर्थिक वर्ष ०७९/०८० मा यार्सा सङ्कलककर्ताबाट यार्सापाटनमा प्रवेश गरेवापतको शुल्कबाट रु ८६ लाख ७७ हजार ५ सय राजश्व संकलन भएकाे छ र यस्तै शे फाेक्सुण्डाे राष्ट्रिय निकुञ्जबमट २ सय ४० केजी यार्सागुम्बाको छोडपुर्जिबाट रु ७४ लाख ६३ हजार ४७० गरी एक करोड ६१ लाख ४० हजार ९७० रुपियाँ राजस्व उठेको हो ।

त्यस्तै, गरी डिभिजन वन कार्यालयबाट ३ सय ४३ केजी २५५ ग्राम यार्सागुम्बाको छोडपुर्जि बापत एक करोड ६४ लाख ८९५ रुपियाँ उठेको छ ।

यसैगरी, सेतकचिनि कुटिक पदमचाल गुच्चिच्याउ लगायतका अन्य जडीबुटीको छोडपुर्जिबाट छ लाख ३९ हजार ५५५ गरी कुल एक करोड १२ लाख ८० हजार ४४७ रुपियाँ राजस्व आम्दानी भएको वन अधिकृत महेश कुमाईंले जानकारी दिनुभयो । नेपाल सरकारले एक केजी यार्सागुम्बाको राजस्व ३१ हजार रुपियाँ तोकिएको छ ।