छार्काताङसोङ १ का दुई घर डुबानमा स्थानीय सरकार उद्दार गर्दै भेरिको बहाब बढ्दो

जैतुन अनलाइन | २९ श्रावण २०८०, सोमबार

डोल्पा : भेरी नदिले छार्काताङसोङ गाउपालिकामा पनि क्षेती पुर्याएको छ । आइतबार राती ११ बजेतिर छर्काताङसोङ गाउपालिकाको वडा नम्बर १ को  घरमा भेरी पसेपछि स्थानीयको भागाभाग भएको थियो । भेरी नदि किनार छेउमा रहेका दुई घरमा पानी पसेपछि स्थानीयको अन्न र अन्य मालसामान लेदोले पुरिएको पीडित टसि छोम्फेल गुरुङले जानकारी दिए ।

भेरिनदी उर्लेर घरछेउको खेत बगाएर लेदो सहितको पानी घर भित्र पसेको थियो । लेदो सहितको पानी घरभित्र भरिएपछी स्थानीय ज्यान जोगाउन भागेको र सामान खाधान्न सबै पुरिएकोले बस्ने ठाउँ समेत नभएको अर्का पीडित निमा वसेर गुरुङले दुखेसो सुनाए ।

राती सुतेको बेलामा पानी घरमा पस्यो घरमा सुतेका सबै भागेर गाउँ पुगे तर सामान निकाल्न समय पनि रहेन र सम्भावना पनि थिएन हामीले सकेको प्रयास गर्यौ तर सकिएन गाउपालिका उपाध्यक्ष कार्मा धोन्डुप गुरुङले बताए । भेरिको पानी घरमा पसेको जानकारी पाएपछि स्थानीय जनप्रतिनिधि र अन्य स्थानीयले उद्दारको लागि हदै सम्मको प्रयास गरेको भएपनि लेदो सहितको पानी घर भित्र जमेकोले खाधान्न तथा अन्य सामान निकाल्न नसकेको कार्मा धोन्डुपले जानकारी दिए ।

भेरी नदिको उद्गमस्थल नै छार्काभोट हो ।  यो बर्ष भेरिको बहाब निकै धेरै बढ्यो हामिले यति माथिको सतह सम्म भेरी उर्लेला भनेर कल्पना गरेका थियनौ वडा नम्बर १ का वडा अध्यक्ष धावा लामाले अचम्मित माने । लामा भन्छन भेरीको पानी घरमा पस्यो क्षेती बनायो तत्काल बिहान ग्याबिन हाल्ने काम गर्यौ थप क्षेती भएन सबै सजक रहनुस ।

छार्काताङसोङ गाउपालिकाको कार्यपालिकाले क्षेती भएका घरको प्रहरी मुचुल्का उठाइ गाउँपालिकाले क्षेतिपुर्ती दिने निर्णय समेत गरेको र थप क्षेती हुनबाट कसरी जोगाउन सकिन्छ भन्ने बारे दीर्घकालीन उपाय खोजी रहेको गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले जानकारी दिए । बर्षा सङै भेरिको बहाब समेत बढेपछि भेरी नदिको छेउमा रहेका बस्ती उच्च जोखिममा रहेकाले सतर्क हुन जिल्ला बिपत ब्यबस्थापन समितिका अध्यक्ष एबम प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले स्थानीयलाई अनुरोध गरेका छन ।