लेख बुढा
डोल्पा : डोल्पाको सदरमुकाम दुनै बजारमा ठुलीभेरी नदिको बहाव उच्च देखिएको छ । दुनै बजार ठुलीभेरी नदिको बहाव उच्च हुदा सोमबार विहाना ठुलीभेरी नगरपालिका वडा नं. ३ दुनै बजार स्थित यज्ञ बहादुर कार्कीको सौचालय र करेसावारी बगाएको छ । नदिमा पानीको मात्रा बढेको कारण बहावले कार्कीको सौचालय र करेसाबारी पूर्ण रुपमा क्षति बनाएको हो । सौचालय संग जोडिएको चारकोठे घर चर्किएको छ । राति एक्कासी भेरीको बहाव बढेर घर भित्र पस्न लागेपछि उक्त घरमा बस्ने सवै जना लागेर घरका सामानहरु सुरक्षित स्थानमा सारेका थिए ।
अविरल बर्षातको कारण ठुलीभेरी नदिको आसपास दुनै बजारमा ठाउँठाउँ बाटोहरु अबरुद्ध भएको छ । भेरिका किनारामा बनाईएका तट्बन्धनहरु चर्किएका छन। विशेष गरि खेलकुद मैदान नजिक देखि जिल्ला अस्पताल जाने बाटोमा भेरीले बवरुद्ध गरेको छ । मेसिनरी वाल हालेको क्षत्र भन्दा पनि सामान्य तारजाली हालेको ठाउँमा रहेका घरहरु उच्च जोखिममा देखिएका छन ।
केहि दिन यता निरन्तर परेको बर्षाको कारण दुनै बाह्यक अन्य डोल्पाका अधिकांश स्थानमा सामान्य बाटोघाटोमा क्षति पुर्याएता पनि ठुलो जनधनको क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायव उपरिक्षक शिव बुढाथोकीले जानकारी दिएका छन । आईतबार देखि दुनै बजार विच भएर बग्ने ठुलीभेरी नदिको बहाव उच्च रहेको हुदा आसपास बसोबास गर्ने स्थानीयलाई सतर्कता अपनाउन सुरक्षाकर्मी मार्फत आग्रह गरिएको प्रहरी प्रमुख बुढाथोकीले बताए । आइतबार राति दुनैबजार स्थित एक सौचालय क्षति भएको र नदिका आसपास रहेको केहि घरहरु जोखिममा रहेको हुदा सुरक्षित स्थानमा बस्न आग्रह गरेको बुढाथोकीको भनाई छ ।
अझै पनि निरन्तर बर्षात भैरहेको हुदा केहि अप्रिय घटना घट्न सक्ने भन्दै जिल्ला स्थित सम्पुर्ण निकायलाई विपद् प्रतिकार्यको लागि तयारी अवस्थामा रहन आग्रह गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले बताएका छन । हाल दुनै बजार ठुलीभेरी नदिको आसपास नै उच्च जोखिम रहेको प्रजिअ पोखरेलको भनाई छ ।