कुल देवताले कागबेनिमा बचाएका काइकेका १७ जना तिर्थयात्री

जैतुन अनलाइन | 2023-08-14

डोल्पा : डोल्पाका तिर्थयात्री कागबेनिमा आइतबार राती अलपत्र परे । मुक्तिनाथ नुहाएर फर्किएर कागबेनी बसेका डोल्पा काइके गाउपालिका ७ का १७ जना तिर्थालु बाढीले उठिबास बनायो । होटेलमा बास बसेका उनीहरु सुतेको बेला होटेलनै बगाउने बाढि आएपछि भागाभाग भयो चप्पल समातेर भागे काइके ७ का वडा अध्यक्ष रामचन्द्र रोकायाले दुख सुनाए ।

महादेब,भुमे र मष्टा कुल देवता लगेर मुक्तिनाथ पुगेर फर्किने क्रममा कागवेनी बसेका हामी अन्तिममा कुल देवताका सबै सामान छोडेर राती ज्यान बचायौ रोकयाले फोनमा सुनाए । रामचन्द्र रोकाया भन्छन हामी भाग्यौ तर हाम्रो कुल देवताको सामान राखेको घर बाढिले बचायो कुल देवताको शक्ति अपरम्पार देखे कुल देवताले बचाए हामिलाइ ।

 

आइतबार राती बाढिले मुस्ताङको कागबेनिमा प्रहरी चौकी सहित अन्य १० घर बगाएको तिर्थयात्रुले बताए । खोला छेउका अन्य घर बगेछन हामी ज्यान जोगाउन गाउपालिकाको भवनमा पुग्यौ हाम्रो देउताको शक्तिले हामी बसेको होटेल केही क्षेती भयो तर कुल देवताको सामान राखेको ठाउँ र घर सुरक्षित छ रोकायाले चकित हुदै कुल देवताको जय जयकार गरे ।

पुस्तौदेखी मानेको देवताको सामान आफुहरुले गुमाउने भयौ भनेर रातभर चिन्तामा बसेका काइकेका तिर्थालुहरु बिहान सामान केही नभएको पाउँद चकित थिए । १७ जना काइकेका तिर्थालु भन्छन कुल देवताले बचाए हामी बाचेर फर्किदैछौ । उनिहरु जोमसोम पुगेको र आफ्नतलाइ अब चिन्ता नगर्न समेत आग्रह गरेका छन ।