जिल्ला विपद् व्यवस्थापन समिति डोल्पाको ५ बुदे निर्णय

जैतुन अनलाइन | 2023-08-13

लेख बुढा,
डोल्पा : जिल्ला विपद् व्यवस्थापन समिति डोल्पाका बैठक सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थान समितिका अध्यक्ष भुमिश्वर पोखरेलको अध्यक्षतामा तथा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्याम बहादुर रोकायाको प्रमुख आतिथ्यतामा विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीतामा विभिन्न छलफल सहित ५ बुदे निर्णय गरिएको छ ।

आईतबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले समितिबाट भएका निर्णयहरु कार्यान्वयनको अवस्था बारे छलफल गरेको छ । यस्तै जिल्ला विपद् व्यवस्थापन समितिबाट अध्यावधिक गरिएको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८० स्वीकृती गर्ने, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा डोल्पाको विपद् तथा राहत सामाग्रीहरु डोल्पा सम्म ढुवानी कार्यको लागि नगरपालिकाले रु एक लाखको दरले र गाउँपालिकाले रु पचास हजारका दरले जम्म ५ लाख रुपैया जिल्ला विपद् व्यवस्थापन समितिलाई उपलब्ध गराउने निर्णय गरिएको छ ।

डोल्पामा विगतको तुलनामा यस बर्ष अत्याधिक बर्षा भैरहेको र उक्त बर्षाको कारण जिल्लाका विभिन्न बाढिपहिरो गई धनजनको क्षेती पुर्याएको र अझै पुर्याउन सक्ने सम्भावना रहेकोले उदर राहात तथा पुनःस्थापनाको लागि सवै सरोकारवाला निकाय तयारी अवस्थामा रहने निर्णय गरिएको छ । बसै स्थानीय तहहरुमा बर्षा याममा हुन सक्ने विपद्का घटनाहरु एकिन गरि सो को प्रतिकार्यको लागि जिल्ला विपद् व्यवस्थापन समिति र सवै स्थानीय तहहरु विच समन्वय र सहकार्यमा उदर तथा राहत सामाग्रहरु र राहतकोष तयारी गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।

बर्खाकाे समय लगातार पानी परेकाे हुदा क्षति हुन सक्ने भन्दै सबै निकायलाई विपद् प्रतिकार्यकाे लागि पुर्व तयारी अवस्थामा रहन जिल्लाका सम्पूर्ण निकायलाई जिल्ला समन्वय समिति डाेल्पाका प्रमुख श्यामबहादुर राेकायाले आग्रह गरेका छन ।