कर्णाली पर्यटन उधमी समाजले पर्यटन मन्त्री किराँतिलाइ बुझायो ज्ञापन पत्र

जैतुन अनलाइन | 2023-08-13

डोल्पा : कर्णाली पर्यटन उद्धमी समाजले सास्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतिलाई ज्ञापन-पत्र बुझाएको छ । नागरिक उडयन प्राधिकरणको निर्णयले कर्णाली तथा हिमाली जिल्लाका नागरिक मारमा परेको भन्दै निर्णय गलत भएकोले नागरिक मुखी निर्णय गर्न दबाब दिएको समाजका अध्यक्ष देबिकृष्ण रोकायाले जानकारी दिए ।


बिज्ञप्तिमा भनिएको छ नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसो १२ बजेपछि कर्णाली लगायत दुर्गमका जिल्लाहरुमा हवाई उडान नगर्ने निर्णय गरेको सबै सामु जानकारी नै छ । प्राधिकरणको यस निर्णयका कारण नागरिकको नैसंर्गिक अधिकारको हनन भएको हामीले महशुस गरेका छौ । कर्णालीका हुम्ला, डोल्पा, जुम्ला, मुगु र बाजुरा लगायतका जिल्लामा हवाइ उडान बाहेक अरु बिकल्प छैन । कर्णाली राजमार्ग पनि भरपर्दो छैन । बिहानको मौसम नखुल्ने र दिनमा उडान हुन नदिने प्राधिकरणको यस निर्णयका कारण दुर्गममा बसोबास गर्ने आम नागरिकहरुमा आवतजावतमा समस्या, बिरामीलाई समयमा अस्पताल पु¥याउन नसक्नु, अत्यावश्यक खाद्यन्न, औषधि लगायतका अन्य सामाग्री ढुवानीमा समस्या र सिगों देशको आर्थिक विकासमा मद्धत पु¥याइरहेको कर्णालीको पर्यटन क्षेत्रमा समेत यसका कारण प्रत्यक्ष रुपमा असर परेको छ । जहाज कुर्दा कुर्दै हुम्लामा दुइ जनाको ज्यान गईसकेको अवस्था छ । समाज वैज्ञानिक युगमा अघि बढिरहेको बेला कर्णालीबासी भने अझै पनि नाना, खाना, छाना, स्वास्थ्य, शिक्षा, सञ्चार, यातायात र खानेपानी जस्ता अत्यावश्यक समस्यासंग गुज्रिरहेको छन । कर्णाली पर्यटन उद्यमी समाजले यो निर्णय लागू भएसंगै फिर्ता लिन सरकार र सम्बन्धित पक्षलाई दबाव सृजना, ध्यानाकर्षण र समन्वयका गतिविधिहरू गरिरहेको सबैलाई जानकारी गराउन चाहान्छौ । ‘अपरेशन आवर’ को निर्णय फिर्ता लिइ सुरक्षा निर्देशिका पालना गर्दै अनुकूल मौसममा हवाइ सेवा सञ्चालनका लागि नागरिक उड्ययन प्राधिकरणलाई जोडदार माग गर्दै निर्णय फिर्ता नभए थप सङघर्षका कार्यक्रम गर्ने घोषणा गरिनेछ । निर्णय नसच्चिञ्जेल सम्म कर्णाली बासीलाई एकजुट भएर यसको सांकेतिक विरोध स्वरुप नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी ज्यूको मोबाइल नं ९८५१०८०२७३ मा म्यासेज गरि दबाव सृजना गर्न आव्हान गर्दै यस संस्थाका तर्फबाट तपशिल बमोजिमका पहलहरु भएको जानकारी गराउदछौ ।

कर्णाली पर्यटन उद्धमी समाजले विभिन्न ३ माग सहित आइतबार पर्यटन मन्त्री किराँतिलाइ ज्ञापन पत्र बुझाएको छ ।
१) निर्णयलाई तत्काल फिर्ता लिइ हवाइ उडान सहज बनाउन नागरिक उड्डयन प्राधिकरण समक्ष माग । २) कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने सासंदहरुसंग छलफल गरि बिषयको जानकारी गराउदै सरकारसंग समन्वय गरि यथाशीघ्र निर्णय हटाउन अनुरोध । ३) संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री ज्युलाई व्यवसायीहरुका तर्फबाट ध्यानाकर्षण । ४) प्रधानमन्त्री ज्युका प्रशासन सल्लाहाकारलाई ध्यानाकर्षणका साथै प्रधानमन्त्री भेट्ने पहल जारी । ५) सम्बन्धित सरोकारवाला निकायहरुमा औपचारिक र अनौपचारिक भेटघाट तथा छलफल जारी ।
डोल्पामा हवाई उडान नभएको ३ साता भन्दा धेरै भएको छ ।