डोल्पा : संघिय शिक्षा ऎनको बिरोधमा डोल्पामा पनि शिक्षकले धर्ना दिएका छन । डोल्पाका आठवटै स्थानीय तहमा संघिय संसदमा टेबुलहुने तयारीमा रहेको संघिय शिक्षा ऐन विरुद्ध धर्ना दिइएको छ ।
शिक्षकका विशेष मुद्धालाई सम्बोधननै नगरि संघिय शिक्षा ऐन ल्याउन लागिएको भन्दै देशभरका शिक्षकहरुको छाता संगठन राष्ट्रिय शिक्षक महासंघको सर्कुलर अनुसार जिल्लाका सबै पालिकामा पुगेर शिक्षकहरुले धर्ना दिएकाहुन् ।
सरकारसँग सम्झौता भएको तीस र एकाउन्न नंम्बरको बुदा तुरुन्त कार्यान्वयन गर्नुपर्ने,राहत,उच्च मावि शिक्षक,वाल विकास,विद्यालय कर्मचारीलाई आन्तरिक प्रक्रियाबाट स्थायी गर्नुपर्ने,नयाँ शिक्षा ऐनमा ल्याउन लागिएको शिक्षकका सेवा सुविधाका बिषयमा निजामति सो सरह व्यवस्था गर्नुपर्ने लगायतका माग शिक्षकहरुले राखेकाछन् ।
जिल्लाका त्रिपुरासुन्दरी नगरपालिका,ठुलिभेरी नगरपालिका, जगदुल्ला र मुड्केचुला गाउँपालिकाकामा पनि शिक्षकहरुले धर्ना दिए ।
त्रिपुरासुन्दरी नगरपालिकामा शिक्षक महासंघका पालिका अध्यक्ष कमला हमालको नेतृत्वमा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष तुलबहादुर बिष्ट,राहत शिक्षक समितिका जिल्ला अध्यक्ष पुर्णकेशर न्यौपाने लगायतका शिक्षकहरुको उपस्थितिमा नगरप्रमुख जनचन्द्र रोकायलाई माग पत्र बुझाइएको हो ।
मागपत्र बुझ्दै नगरप्रमुख रोकायले शिक्षकहरुको माग जायज भएकाले कार्यपालिका बैठकबाट तुरुन्त पारित गरि केन्द्रमा पठाउने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगसरी ठुलिभेरी नगरपालिकामा पनि शिक्षक महासंघका जिल्ला अध्यक्ष बालकृष्ण डाँगीको नेतृत्वमा धर्ना दिइएको छ ।
केन्द्रबाट आएको सर्कुलर सहितको मागपत्र नगर प्रमुख सुवर्ण बुढालाई बुझाइएको हो ।
पहिलो चरणको कार्यक्रम अन्तर्गत जिल्लाका आठवटै स्थानीय तहमा पालिकामा धर्ना दिने कार्यक्रम भव्यरुपमा सफल भएको शिक्षक महासंघ डोल्पाका अध्यक्ष बालकृष्ण डाँगीले बताए ।
सम्बन्धित स्थानीय तहमा रहेको महासंघको नेतृत्वमा विभिन्न संघ,संगठनका नेतृत्वहरु,राहत शिक्षक,विद्यालय कर्मचारी,वाल विकास सहजकर्ता सहित भएर धर्ना सहित मागपत्र बुझाइएको अध्यक्ष डाँगीको भनाई छ ।
शिक्षकहरु पहिलो चरणको आन्दोलनमा होमिएपछि डोल्पाका बिद्यालयको पठनपाठन प्रभावित भएको छ ।
केन्द्रिय सर्कुलर अनुसार जिल्लाका कुनै बिद्यालयले बिद्यालयनै बन्द गरे भने कुनै बिद्यालयले सात बिषय मध्ये दुई पिरियडमात्र पढाएर बिद्यार्थिहरुलाई छुट्टी गरे ।
आगामि मंगलबार जिल्लाभरीका शिक्षकहरु भेला भएर शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिने कार्यक्रम रहेको शिक्षक महासंघ डोल्पाले जनाएको छ ।
जबसम्म सरकारले शिक्षक हकहित र वर्तमान आवश्यक्तालाई पुरागर्न सक्दै तबसम्म देशैभरबाट आन्दोलनका आधिहुरी आउने राहत शिक्षक डोल्पाका अध्यक्ष पुर्णकेशर न्यौपानेले बताए ।
आफ्नो माग पुरा गराउनकालागि जिल्लाभरका राहत शिक्षकहरुलाई जुनसुकै प्रकारको आन्दोलमा होमिन पनि तयार रहन निर्देशन दिए ।