सहने कहिले सम्म ? डाक्टर (अखण्ड उपाध्याय)

जैतुन अनलाइन | 2023-08-12

डोल्पा : सरकार सहनुको पनि हद नाग्यो भने के गर्छौ
जनताले दुर बाट विद्रोह गरे भने के गर्छौ
एक पटक सत्ता र शक्ति बाट बाहिर निस्केर हेर त
यता कर्णालिका हामि जनताले कति सहेका छौ
तुईन तर्दा तर्दै कर्णालिमा हराएका बाबु नानि मर्दा पनि सहेकै छौ
गरिबिले नदिमा हामफालेर मृत्यु वर्ण गर्दा पनि गरिबि सहेकै छौ
हवाईजहाजको पर्खाईमा मृत्यु हुदॉं पनि सहेकै छौ
गतिलो अस्पतालको अभाव पनि सहेकै छौ
बेलाबेला मा भैरहेने खाधान्न अभाव सहेकै छौ
तिमि सुनको विषयमा हराईरहदॉं
हामि नुनको अभावमा पनि सहेकै छौ ।
भन त अझै कति सहनु हामिले ?

आफ्नो जिल्लामा काम गर्दाका दुख लेखी रहने डाक्टर अखण्ड
तिमिले उपचार नपाएर कोहि मर्नु पर्दैन भनिरहदॉं
यता भोलिपल्टै शिशु हरु उपचार अभावमा मर्दा पनि सहेकै छौ
तिम्रा शहरमा चिल्लो बाटो हुदॉं
यता मुट्टु हल्लाउने बाटोको यात्रा गरे पनि हामिले सहेकै छौ
तिमि सामान्य रोगमा बिदेश जॉदा
हामि सिटामोलको अभाव हुदॉं पनि सहकै छौ ।
तिमि देश भरि लोडसेडिंग हटायौ भनेर उफरिरहदॉं
हामि झरो बालेर रात कराउदॉ पनि सहेकै छौ ।
आखिर हामिले सहनु पर्ने कहिले सम्म अनि कति सम्म
औषधि देखि खाना सम्म,
नाना देखि जामा सम्म
गुड्ने देखि उड्ने सम्म
उज्यालो देखि पहिचान सम्म को अभाव त सहेकै छौ ।
अझ हप्तौ लगाएर नागरिकता लिन आउनु पर्दा पनि सहेकै छौ
आखिर सहनु नै छ भने यो राज्यले गर्ने सौतेनि व्यवहार कहिले सम्म सहेरै बस्नु ? 

डाक्टर अखण्ड उपाध्याय -जिल्ला अस्पताल डोल्पा