शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले २ करोड ३ लाख ८४ हजार राजश्व संकलन गर्यो ।

जैतुन अनलाइन | 2023-08-11

लेख बुढा,
डोल्पा : शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगार्ड डोल्पाले आ.व २०७९।८० मा विभिन्न शिर्षकबाट रु २ करोड ३ लाख ८४ हजार ६ सय ४२ रुपैया राजश्व संकलन गरेको छ । निकुञ्जले गत आर्थिक बर्ष भित्र पर्यटन प्रवेश शुल्क,यार्सागुम्बा छुटपुर्जि,यार्सागुम्बा संकलन पुर्जि,पशुचौपाया प्रवेश शुल्क,दण्डजरिवाना लगाएतका विभिन्न शिर्षकबाट राजश्व संकलन गरिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लाल बहादुर भण्डारीले जानकारी दिएका छन । निकुञ्जबाट जम्म संकलन भएको राजश्वबाट ५० प्रतिशत रकम नयाँ आ.व. मा निकुञ्ज भित्रका समुदायको लागि भनेर आउने व्यवस्था रहेको अधिकृत भण्डारीले बताए ।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र पर्ने विभिन्न यार्सागुम्वा पाटनहरुमा  आ.व.२०७९।८० मा जम्मा ६ हजार ३ सय ६८ जना यार्सागुम्वा संकलन कर्ताले प्रवेश गरेका छन । उक्त यार्सागुम्बा संकलन कर्ताहरुबाट जम्मा ८६ लाख ७७ हजार ५ सय रुपैया राजश्व संकलन गरिएको छ ।

यस्तै उक्त आर्थिक बर्ष भित्र ३ हजार ७ सय ८२ जना आन्तरिक तथा बाह्रय पर्यटकबाट जम्मा रु १६ लाख १२ हजार ८ सय रुपैया राजश्व संकलन गरिएको छ । पर्यटन प्रवेश शुल्क वापत संकलन भएको राजश्व अघिल्लो आ.व. भन्दा दोब्बर भएको शे फोक्सुण्डो राष्ट्यि निकुञ्ज कार्यालयले जनाएको छ ।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले २४० केजी( दुई कुइन्टेल चालिस केजी) यार्सागुम्बा छोडपुर्जि दिईएको छ । छोडपुर्जि बापत रु ७४ लाख ६३ हजार ४ सय ७० रुपैया राजश्व संकलन भएको छ । नेपाल सरकारको निती नियम अनुसार संरक्षण संगै राजश्व संकलन लगाएत निकुञ्ज भित्र वसोवास गर्ने समुदायमा जनचेतनामुलक कार्यक्रम गतिविधि भैरहेको निकुञ्ज कार्यालयले जनाएको छ ।