लेख बुढा,
डाेल्पा : नेपाली कांग्रेस जिल्ला कार्यसमिति डाेल्पाकाे बैठक सम्पन्न भएकाे छ। केन्द्रीय कार्यसमितिकाे कार्यतालिका अनुसार नेपाली कांग्रेस जिल्ला कार्यसमिति डाेल्पाका उपसभापति पुर्ण शाहीकाे अध्यक्षतामा नेपाली कांग्रेस केन्द्रीय प्रतिनिधि हस्त बहादुर मल्लकाे उपस्थितिमा “आन्तरिक बिशेष अभियान” अन्तरगत सदरमुकाम दुनैमा बैठक सम्पन्न भएकाे हाे ।
“आन्तरिक बिशेष अभियान” अन्तरगतकाे बैठकले नेपाली कांग्रेस जिल्ला कार्यसमितिको डाेल्पाकाे रिक्त सदस्य पूर्ति गर्ने,विभागहरु गठन गर्ने,भातृ संघहरुलाई पूर्णता दिने,जिल्लाका सबै तहका कार्यसमितिको सम्मेलन आगामी असाेज मसान्तभित्र सम्पन्न गर्ने निर्णय भएकाे नेपाली कांग्रेस जिल्ला कार्यसमिति डाेल्पाका सचिव हिक्मत बहादुर शाहीले जानकारी दिएका छन्।
“आन्तरिक बिशेष अभियान” अन्तरगत क्षेत्रीय कार्यसमिति र पालिका स्तरीय समितिकाे बैठक यहि ३० भित्र सम्पन्न गर्ने बैठकले निर्णय गरेकाे सचिव शाहीले बताए । सचिव शाहीका अनुसार सबै तहका बैठक पछि जिल्लामा घरदैलो अभियान संचालन गरिने छ ।
नेपाली कांग्रेस डाेल्पाका सभापति काम बिशेष जिल्ला बाहिर रहेका कारण उपसभापति द्वाेय पुर्ण शाही र लभ कुमार शाहीले विभिन्न समयमा हुने बैठककाे अध्यक्षता पालैपालो गर्ने नेपाली कांग्रेस डाेल्पाले जनाएको छ । बैठक यहि श्रावण २३ र २४ गते दुई दिन सम्म सदरमुकाम दुनैमा संचालन भएकाे थियाे ।