लेख बुढा,
डोल्पा : बि.सं. २०७० साल यता डोल्पाको राजनितिक गतिविधिमा प्रभावशाली व्यक्तीत्वको रुपमा धन बहादुर बुढा परिचित नाम हो । राजनितिक यात्रा संगैँ सामाजिक सेवामा जोडिएको धन बहादुर बुढाको अर्को सबैले भन्ने नाम धनु हो ।
डोल्पाको साविको शहरतारा गा.बि.स. हाल काईके गाउँपालिका शहरतारामा बि.सं.२०३१ साल फागुन ७ गते बुवा लंकु बुढा र आमा सेल्जेम बुढाको कोखबाट काईलो सन्तानको रुपमा जन्मीएका धन बहादुर बुढाले माध्यामिक तह सदरमुकाम दुनैको तत्कालीन सरस्वती उच्च माध्यामिक विधालयबाट शिक्षा हासिल गरेका हुन । बि.सं. २०४७ सालमा एसएलसी जिल्ला प्रथम भएका बुढाले उच्च शिक्षा क्याम्पस पिपुल्स् पक्नाजोल काठ्मान्डौँ बाट अध्ययन सम्पन्न गरे ।
बाजे शिद्वि बुढा बुवा लंकु बुढा डोल्पाको सदरमुकाम दुनै बजारमा सदरमुकाम स्थापना काल देखिनै व्यपार व्यवसाय गर्ने हुनाले जिल्लाका अधिकांस व्यक्तीहरु संग राम्रो सम्बन्ध जोडिएको थियो । वि.सं. २०५५ साल देखि अध्ययनलाई छोडेर बाबु बाजेको पेशा पछ्याउदै व्यवसायीक यात्रा सुरु गरेको धन बहादुर बुढाले बताए । व्यवसायीक यात्राको क्रममा जिल्लाका सवै व्यक्तीत्वहरु संग राम्रो सम्बन्ध भएकै कारण राजनितिक यात्रामा सजिलो भएको र जिल्लाका आम नागरिकलाई राजनितिक क्षेत्रबाट सेवा गर्ने मौका पाएको बुढाले बताए । व्यवसाय गर्दा आफ्नो व्यक्तीगत फाईदा भन्दा पनि सवै डोल्पाली दाजुभाईले फाईदा लिनु पर्छ भन्ने उदेश्यले सवै संग सहकार्य गरेको उनले बताए ।
डोल्पाली जनताको मुख्य आर्थिक आम्दानीको स्रोत बहुमुल्य जडिबुटी यार्सागुम्बा हो । ब्यापारकै क्रममा डोल्पामा पाईने यार्सागुम्बालाई उच्च क्वालीटिको हो भनेर अन्तराष्ट्रिय बजारमा प्रचारप्रसार गरेको बुढाले बताए । हाल डोल्पाको यार्सागुम्बा भन्नासाथ मुल्य उच्च हुने हुदा डोल्पाली जनताहरुको आम्दानी पनि राम्रो हुने गरेको कुरा सुन्दा खुसी लागेको उनले बताए ।
जिविस सभापति हुदै राज्यमन्त्री सम्मको यात्रा:
बि.सं. २०६० र २०६१ सालमा तत्कालीन जिल्ला विकास समितिको सभापतिमा छोटो समयमा दुई पटक मनाेनित चयन भएको थिए । २९ बर्षको यूवालाई तत्कालीन राजाले जिविस सभापति बनाउदा आफुलाई थप डोल्पाली जनताको सेवा गर्ने हौसला बढेको बुढाले सुनाए ।
२०६१ पछि केहि समय बहुमुल्य जडिबुटि यार्सागुम्बा लगाएत निर्माण व्यवसायमा बढि ध्यानकेन्द्रीत गरेका बुढालाई साथि भाईको सल्लाह अनुसार पुन सामाजिक सेवा संगै राजनितिक यात्रामा लागेका हुन । वि.सं. २०७० सालको सालको दोस्रो संविधान सभा सदस्यमा नेकपा एमालेको तर्फबाट निर्वाचित बुढा २०७४ मा लोकप्रिय मत सहित प्रतिनिध सभा सदस्यमा निर्वाचित भए । यस्तै २०७९ मा सम्पन्न प्रतिनिध सभा सदस्यमा नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट लोकप्रिय मत सहित विजयी भए । बुढा २०७० साल देखि यता लगातार डोल्पाबाट तीन कार्यकाल संघीय सांसदमा निर्वाचित हुने उम्मेदार हुन ।बुढा २०७४ सालकाे निर्वाचन पछिकाे नेकपाकाे सरकारमा पर्यटन राज्यमन्त्री समेत भएका थिए ।
सामाजिक सेवा बुढा :
देशको राजनितिक परिवेश अनुसार फरक फरक पार्टीबाट विभिन्न नेतृत्व पाईसका बुढा सामाजिक सेवामा पनि उत्तिकै अग्रसर छन् । निर्वाचनको समयमा कुनै न कुनै दलबाट चुनावमा प्रतिस्पर्धा गरेता पनि पछि जुनसुकै दलमा आस्था राख्ने नागरिकलाई समस्या परेको खण्डमा सहयोग गर्ने बुढाको वानीले पछिल्लो समय झन लोकप्रिय बन्दै गएका छन । राजनितिक आस्थाकै आधारमा सामान्य कुरामा अल्झाउने जुन किसिमको हाम्रो समाजमा कुसस्कार छ तर बुढाले भने सवैलाई समान तरिकाले हेर्ने गरेका छन ।
बुढाले भने, मेरो छुटै् व्यवसाय पनि छ मैले सयौँलाई रोजगार दिएको छु । मलाई मेरै व्यवसायबाट आफ्नो खर्च पुग्छ । व्यवसाय बाटै सामाजिक क्षेत्रमा लगानी पुग्छ । अन्य कुनै व्यक्तीलाई राजनितिलाई कमाई भाडो लाग्न सक्छ तर मलाई बिसुद्ध नागरिकको सेवा गर्ने,नागरिकको समस्यालाई सदन सम्म पुर्याउने,नागरिकको सुख दुखमा हातेमाले गर्ने,नागरिकका सुझाव सहितका निति निर्माण गर्ने माध्यम राजनिति हो । आफुलाई आर्थिक लोप एकरति पनि नभएको हुदा आगामी दिनमा राजनितिक र सामाजिक क्षेत्रबाट डोल्पाली जनताको सेवा गरिरहने बुढाले बताए ।