ट्रयाक्टर दुर्घटनामा ७ जना घाईते

जैतुन अनलाइन | 2023-08-05

 डोल्पा : ट्रयाक्टर दुर्घटनामा ७ जना घाईते भएका छन । शनिबार बेलुकी पौने ६ बजेतिर ठुलिभेरी नगरपालिका वडा नं. ०९ मोतिपुर स्थित त्रिपुरासुन्दरी न.पा. ०१ त्रिपुराकोट बगर बाट बालुवा लोड गरि ठुलिभेरी न.पा. ०८ जुफाल तर्फ जादै गरेको रा.१ त. ३५७८ नं. को ट्याक्टर सड्क देखि अं. २० मिटर तल खस्न गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।  त्रिपुरासुन्दरी न.पा. ०३ बस्ने बर्ष अं. २१ को सुरज बोहराले चलाई ल्याएको रा.१ त. ३५७८ नं. को ट्याक्टर दुर्घटना हुँदा चालक सहित  ७ जना घाईते भएका हुन ।

घाईतेलाई  उपचारको लागी जिल्ला अस्पताल दुनैमा उपचार भइ रहेको  जिल्ला प्रहरी कार्यालय,डोल्पाका प्रहरी निरीक्षक नविन प्रकाश चापागाईले जानकारी दिए । ट्रयाक्टर दुर्घटनमा घाईते हुनेमा  डोल्पा त्रिपुरासुन्दरी न.पा. ३ बस्ने बर्ष २१ सुरज बोहरा । (चालक ) जिल्ला डोल्पा ठुलिभेरी न.पा. ०८ बस्ने बर्ष ३० दिपेन्द्र शाही  जिल्ला रुकुम पश्चिम आठबिस्कोट न.पा. १० बस्ने बर्ष ३३ को भुपेन्द्र छत्याल  ऐ.ऐ. बस्ने बर्ष २२ को रोशन घर्ती  ऐ.ऐ. बस्ने बर्ष १८ को कमल थापा । जिल्ला जाजरकोट नलगाड न.पा. १० बस्ने बर्ष १८ को सन्दिप रसाईली  र ऐ.ऐ. न.पा. १३ बस्ने बर्ष २२ को दिनेश बि.क. रहेका छन । उनिहरु सबैको अबस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।