डाेल्पा : प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दरीका १६ वटा सिँढी तोडफोड भएका छन । त्रिपुरा सुन्दरी नगरपालिका–१ त्रिपुराकोटमा रहेको प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिरको सिँढी आज्ञात ब्यक्तिले तोडफोड गरेका हुन । वाला त्रिपुरा सुन्दरी मन्दिरको दक्षिणतिर बनाइएको एक हजार आठ सिँढीमा १६ वटा सिँढी अज्ञात समुह वा ब्यक्तिले तोफफोड गरिएको हो । सघ तथा प्रदेश सरकारको आर्थकि सहयोगमा निर्माण भएका सिँढीका ढुङ्गाहरु हतौडा प्रयोग गरेर तोडफोड भएको वाला त्रिपुरा सुन्दरी मन्दिर अक्षयकोष विकास समितिका अध्यक्ष लक्ष्मीकान्त उपाध्यायले बताए ।
अध्यक्ष उपाध्यायले भने हिन्दुहरुको पवित्र शक्तिपिठसँगै मन्दिर जन्माउने मन्दिरको रुपमा परिचित त्रिपुरासुन्दरीमा श्रृङ्खलाबद्ध रुपमा तोडफोड भइरहेको छ तर कस्ले किन यसरी कुकर्म गरेको हो भन्नेबारे खोजी भईरहेको छ ।यस्तो किसिमको गलत काम कुनै धर्म विरोधि तत्वको हुनसक्ने भएकाले पत्ता लगाउन कानुनी रुपमा अघि बड्नुका साथै स्यमं जगत जननी माता सँग पनि भाकल गरिएको समेत उपाध्यायले बताए ।कसले कुन कारणले सिँडि फुटायो अझै पत्ता नलागेकाले पत्ता लगाउन सम्बन्धित निकायलाई मन्दीर अक्षयकोष समितिले आग्रह समेत गरेको छ ।
वाला त्रिपुरा सुन्दरी मन्दिरमा यसअघि पनि सिँढी तोडफोड भएका थिए । त्रिपुरासुन्दरी मन्दिर दर्शनका लागि देशविदेशबाट भक्तजन पुग्ने गरेका छन् । यसरी श्रृखलाबद्ध रुपमा मन्दिरका सरचनाहरु तोडफोड हुन थालेपछि नागरिकले सरबत्र बिरोध गरि रहेका छन । नागरकिले सरोकारावाला निकायले तत्काल दोषि पत्ता लगाई कारवाही गर्न समेत दवाब दिईरहेका छन ।