कर्णालीमा माओवादीले गैह्र सांसदलाई मन्त्री बनाउने तयारि छ : मन्त्री विश्वकर्मा

जैतुन अनलाइन | 2023-07-19

डोल्पा : कर्णाली प्रदेश सरकारमा मन्त्री बन्न जनताले मत हाल्न पर्दैन गैह्र सा‌सद पनि मन्त्री हुन्छन भन्ने अभिब्यक्ति कर्णाली प्रदेशकै एक मन्त्रीले दिएकी छिन ।  नेकपा माओवादी केन्द्रले गैह्र सांसदलाई मन्त्री बनाउने तयारी गरि रहेको कर्णाली प्रदेश सरकार उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री उर्मिला विश्वकर्माले बताएकी छिन । जिल्ला समन्वय समिति डोल्पाले आयोजना गरेको जिल्ला स्तरीय बार्षिक समिक्षा कार्यक्रममा संबोधन गर्दै मन्त्री विश्वकर्माले पार्टीले गैह्र सांसदलाई मन्त्री बनाउने खेल खेलिरहेकोले आफ्नो मन्त्री पद पनि कति सम्म रहेको छ भन्ने यकिन नभएको खुलासा गरिन ।

मन्त्री बिश्वकर्माले भनिन म निर्वाचित हैन म पार्टीबाट चयन भएको हुँ भन्दै जनताकाे समानुपातिक मतको अबमुल्यन गर्न समेत कुनै कशुर बाँकी राखिनन । सम्बोधनकै क्रममा मन्त्री बिश्वकर्माले भनिन स‌घियताको पहिलो पाँच बर्षमा माओवादिले नै हुम्लाबाट गैह्र सा‌सदलाई मन्त्री बनाएको र भोलीका दिनमा यो सरकारले समेत डोल्पाबाट गैह्र सा‌सदलाइ मन्त्री बनाउने खेलहरु चलि रहेको दाबी गरिन । मन्त्रीको गृह जिल्लामै जिल्लाको महत्वपूर्ण कार्यक्रममा जनताले आफुलाई मत नदिएकोले खासै फरक नपर्ने तर्क राखिन । यसरी उनको अभिब्यक्तिले जनताको मतको कदर नभएको नेकपा माओबादी भित्रकै केहि कार्यकर्ताको बुझाई रहेको छ ।

मन्त्री विश्वकर्माले केहि समय पछि आफु मन्त्रीमा नरहे पनि पार्टिको निर्देशन मान्ने र आफु डोल्पाबाट मन्त्री भएकोले पहिलो डोल्पाको बिकासको लागि हरतरह लागि रहने प्रतिबद्धता समेत गरिन । मन्त्रालयको जिम्मा पाए देखि सवै क्षेत्रलाई समेटेर काम गरेको पनि मन्त्री विश्वकर्माको दावी छ । पार्टीले जतिबेला पनि बोलाउने भएको हुदा पार्टीले खाटाएको खण्डमा जहाँ पनि जान तयार रहेको मन्त्री विश्वकर्माले बताउनु भयो । यस भन्दा अघि नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा गैह्र सांसदलाई मन्त्री बनाएको बन्दै आलोचना भएको थियो । मन्त्री बिश्वकर्मा नयाँ आर्थिक बर्षमा डोल्पाका बिभिन्न स्थानीयतहमा जनताका हित अनुरुप बजेट बिनियोजन नगरिदिएको र कार्यकर्ता अनि आफन्त मुखि बजेट दिएको भन्दै माओबादी पार्टि भित्रैबाट आलोचना खेपि रहेकी छीन भने उनको गैह्र सा‌सदले मन्त्री पाउने कुराले निकै ठुलो तरङ्ग ल्याएको एक नेताले बताए ।

भिडियो स्रोत : त्रिपुरा सुन्दरी खबर

https://fb.watch/lT5SLSwWsk/