दुधको माग घटाउन कृषि सहकारीलाई भैंसी हस्तान्तरण

जैतुन अनलाइन | 2023-07-18

 

डाेल्पा : डोल्पामा पहिलो पटक कृषकलाई सामुहिक पालनको लागि भैँसि हस्तान्तरण गरिएको छ ।  कर्णाली प्रदेश सरकारकाे भैंसी प्रवर्द्धन कार्यक्रम अन्तरगत कृषक समुहका सदस्यहरुलाई भैंसी वितरण गरिएको हो । आर्थिक बर्ष २०७९/०८० को कार्यक्रम अनुसार  पशु अस्पताल तथा पशु सेवा कार्यालय डाेल्पाले  ठुलीभेरी नगरपालिका वडा नं. २ लाेचाकाे तामाखानी कृषि तथा पशुपंक्षी सहकारी संस्थालाई स्काेथानीय क्रस जातकाे १० वटा दुहुना भैँसि हस्तान्तरण गरेको छ ।

स्थानीय क्रस जातको भैँसि पशु अस्पताल तथा पशु सेवा कार्यालय डाेल्पा र तामाखानी कृषि तथा पशुपंक्षी साझेदारीमा जाजरकोट नलगाड नगरपालिका क्षेत्रबाट खरिद गरी करिब एक महिना लगाएर मँगलबार डोल्पा पुर्याईएका हुन ।    सदरमुकाम दुनैमा मंगलबार एक कार्यक्रम गरि जिल्ला प्रशासन कार्यालय डाेल्पाको रोहवरमा  पशु सेवा कार्यालय डाेल्पाले १० वटा ठुला भैंसी र ८ वटा साना पारा-पारी गरेर जम्मा १८ वटा तामाखानी कृषि तथा पशुपंक्षी सहकारी संस्थालाई हस्तान्तरण गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय  डोल्पाका प्रमुख जर बहादुर भक्रीले जानकारी दिए ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय डाेल्पाकाे रु १२ लाख र तामाखानी कृषि तथा पशुपंक्षी सहकारी संस्थाकाे रु ३ लाख रुपैयाँमा ढुवानी,दाना,घाँस र भैँसि खरिद गर्न जाने ब्यक्तिको खर्च सहित भैंसी खरिदमा १५ लाख खर्च गरिएकाे ठुलीभेरी नगरपालिका २ का अध्यक्ष कमल बहादुर क्षेत्रिले जानकारी दिए  । वडा अध्यक्ष क्षेत्रिका अनुसार तामाखानी कृषि तथा पशुपंक्षी शहकारी संस्थाका १० जना सदस्यमा ५ जना भैंसी पालन गरेका र ५ जना भैंसी पालन गर्न ईच्छुक सदस्यहरुलाई भैंसी प्रदान गरिने बताए ।

म‌गलबार प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलको प्रमुख आथित्यमा तामाखानी कृषि तथा पशुपंक्षी शहकारी संस्थालाई हस्तान्तरण गरेका स्थानीय जातका भैँसि सहकारी संस्थाका सदस्य तथा कृषकहरुकाे सहमतिमा गाेलाप्रथाकाे माध्यमबाट अनुकुल समय मिलाएर भैंसी वितरण गरिने छ ।  भैंसी वितरण पछि आगामी दिनमा भैंसी प्राप्त गरेका कृषकहरुले केकस्ताे गरि भैंसी पालपाेषण गरेका छन भनी निरन्तर वडाले निगरानी गर्ने वडा अध्यक्ष कमल बहादुर क्षेत्रिको दावी रहेको छ ।

डोल्पा सदरमुकाम दुनैदेखि केहि किलोमिटरको दुरीमा मात्रै रहेको ठुलीभेरी नगरपालिका वडा नं. २ लाेचाबाट कृषकले सहजै दुध बेची आम्दानी बढाउन सक्ने भएकोले पनि यो भैँसि प्रदान गर्ने कार्यक निकै प्रभाबकारी रहेको प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले बताए । प्रजिअ पोखरेलले भने भैँसि बितरणमा गैर कृषकलाई नबाँडियोस बजारमा दुधको मात्रा बढ्दै जानुपर्ने र सरकारको रकमको सहि सदुपयोग गर्नुपर्नेमा जोड दिन कृषक सहकारीलाइ निर्देशन दिए । बजारमा हाल दुधको मात्रा कम आउने गरेको अबस्थामा अब यो सहकारीका भैँसि पालन पछि दुनै बजारमा दुधको आयात बढ्ने धेरैको बिश्वास रहेको छ । खरिद गरिएका १० वटा ठुला भैंसी र ८ वटा साना पारा-पारी गरेर जम्मा १८ वटाको मुल्य करिब एक लाख बराबर खरिद  परेको पाईएको छ ।

भैँसि हस्तान्तरण कार्यकममा प्रमुख जिल्ला अधिकारी भुमिश्वर पाेखरेल,जिल्ला प्रहरी कार्यालय डाेल्पाका प्रमख प्रहरी नायब उपरीक्षक शिव बुढाथोकी, नागरिक समाज डाेल्पाका अध्यक्ष शेर बहादुर बुढा,विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुकाे सहभागीतामा रहेको थियो ।