मापदण्ड विपरित बाढ्यो पशुले गैह्र कृषकलाई ४ लाख

जैतुन अनलाइन | 2023-07-18

डोल्पा :  पशु अस्पताल तथा पशु सेवा कार्यालय डोल्पाले गैह्र कृषकलाई ४ लाख रुपिंया भत्ता वापत वितरण गरेको खुलेको छ । आर्थिक बर्ष २०७९÷०८० को बार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत पचास भन्दा माथि भेडा बाख्रा पालन गरेका कृषकलाई वितरण गर्नु पर्ने रकम ग्रैह्र कृषकलाई प्रोत्साहन वापत वितरण गरेको पाईएको हो । पशु अस्पताल तथा पशु सेवा कार्यालयले कृषकलाई कर कट्टी गरेर प्रति कृषक सत्र हजार सात सय तिस रुपिंयाका दरले चार लाख अठहत्तर हजार सात सय दश रुपिंया वितरण गरेको जनाएको छ ।
पचास भन्दा बढि भेडा बाख्रा पालन गरेका कृषकहरुलाई प्रोत्साहन स्वरुप वितरण गर्नु पर्ने रकम फिल्डमा खटिएका कर्मचारीको मिलोमतो र कार्यालय प्रमुख जरबहादुर भक्रीको निर्देशनमा भेडाबाख्रा नै नभएका गैह्र कृषकलाई वितरण गरिएको पाइएको हो । ठुलीभेरी नगरपालिकाका ९ जना,त्रिपुरासन्दरी नगरपालिकाका ६ जना, मुड्केचुला गाउँपालिकाका ४ जना, काईके गाउँपालिकाका ४ जना र छार्काताङसोङ गाउँपालिकाका १ जना गरेर २७ जना कृषकलाई प्रोत्साहन रकम वितरण गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय डोल्पाको तथ्याङ्कमा उल्लेख छ ।
पशु कार्यालयको प्रोत्साहन वापतको गैह्र कृषकलाई वितरण भएको जनगुनासो आएपछि नेपाल पत्रकार महासंघको अगुवाईमा त्रिपुरासुन्दरी र ठुलिभेरी नगरपालिका लगायत काइके गाउँपालिकामा समेत स्थलगत पुगेर संचारकर्मीले सोधअनुसन्धान गर्दा समेत गैह्र कृषकलाई मापदण्ड विपरित रकम वितरण भएको पाइएको नेपालपत्रकार महासंघ डोल्पाका अध्यक्ष सरोज थापाले बताउनु भयो ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय डोल्पाका निमित्त प्रमुख जरबहादुर झक्रीसंग बुझ्दा फिल्डमा पुगेर प्राविधिकले ल्याएको तथ्याङ्कको आधारमा रकम वितरण भएको बताउनु भयो ।उहाँले भन्नु भयो विगतमा बदमासि भएको गुनासा आएको हो तर अहिले पनि असल र ब्यवसायी मापदण्ड पुगेका कृषक छनौट गर्दा केहि ग्रैह्र कृषक पनि परेका नहोलान भनेर भन्न सकिन्न्।संचारकर्मीको जिज्ञासामा निमित्त प्रमुख झक्रीले आफुसंग संचारकर्मी लगायत केहि कृषकको समेत गुनासो आएकाले छानवीन गरिने जानकारी दिनु भयो ।