डाेल्पाका घरघरमा प्रहरी फाेन नम्बर स्टिकर टाँस

जैतुन अनलाइन | 2023-07-16

लेख बुढा,

डाेल्पा :  जिल्ला प्रहरी कार्यालय डाेल्पाकाे आयाेजनामा कर्णाली प्रदेश प्रहरी कार्यालयकाे संयाेजनमा “सुरक्षित कर्णाली विशेष अभियान २०८०” कर्णाली प्रदेशका घरघरमा प्रहरीकाे फाेन नम्बर सहितकाे”स्टिकर टाँस अभियान” शुभारम्भ गरिएकाे छ । जिल्ला प्रहरी कार्यालय डाेल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक शिव कुमार बुढाथोकीको अध्यक्षतामा भएकाे उक्त कार्यक्रममा जिल्लाका विभिन्न निकायका प्रतिनिधिहरुकाे सहभागीतामा प्रहरी फाेन नम्बर सहितकाे स्टिकर टाँस अभियान सुभारम्भ गरिएकाे हाे ।

फाेन नम्बर सहितकाे स्टिकर टाँस अभियान शुभारम्भ कार्यक्रममा बाेल्दै जिल्ला समन्वय समिति डाेल्पाका प्रमुख श्याम बहादुर राेकाया,ठुलीभेरी नगरपालिका डाेल्पाका नगर प्रमुख शुवर्ण कुमार बुढा,प्रमुख जिल्ला अधिकारी भुमिश्वर पाेखरेल,नागरिक समाज डाेल्पाका अध्यक्ष शेर बहादुर बुढाले शुभकामना दिदै कार्यक्रम व्यवहारीक रुपमा लागू गर्न आग्रह गर्नुभएको थियाे । प्रहरी फाेन नम्बर सहितकाे स्टिकर टाँस अभियान डाेल्पामा प्रभावकारी हुने बिश्वास रहेकाे जिल्ला प्रहरी कार्यालय डाेल्पाका प्रमुख डिएसपी शिव कुमार बुढाथोकीले बताउनुभयो ।

प्रत्येक नागरिककाे हातमा माेबाईल फाेन हुने भएकाे हुदा गाेप्य रुपमा जुनसुकै नागरिकले सूचना दिन सक्ने भएकाे हुदा अपराध मुक्त समाज निर्माणकाे लागि याे अभियानले ठुलाे भुमिका खेल्ने प्रहरी प्रमुख बुढाथोकीले बताउनुभयो । पहिलाे चरणमा मुख्य मुख्य बजार र केन्द्रहरुमा फाेन नम्बर सहितकाे स्टिकर टाँस गरिने र बिस्तारै क्रमशः सबै नागरिककाे घरघरमा टाँस गरिने उहाँले बताउनुछ। डाेल्पाका विभिन्न प्रहरी चाैकी तथा कार्यालयमा पनि प्रहरी फाेन नम्बर सहितकाे स्टिकर टाँस अभियान शुभारम्भ गरिएको जिल्ला प्रहरी कार्यालय डाेल्पाले जनाएको छ ।