डोल्पा : डिभिजन वन कार्यालय डोल्पाका निमित्त वन अधिकृत महेश कुमाईको आन्तरिक मिलेमतोमा १४ लाख ४० हजार ७ सय ५० रुपैया भुक्तानी भएको पाईएको छ । कर्णाली प्रदेश सरकारको आ.व. २०७९/८० को बार्षिक कार्यक्रम अनुसार डिभिजन वन डोल्पाका वन अधिकृत कुमाईले Non Detrmental Study Of Nardostochys Jatomansi शिर्षकको नाममा रु १४ लाख ४० हजार ७ सय ५० रुपैया भुक्तानी गरेका हुन ।
जटामसी(भुत्ले) हानी नोक्शानी सम्बन्धी अध्ययन तथा अनुसन्धानको लागि सुचना प्रकाशित गरि रितपूर्व आएका सो सम्बन्धी फर्म प्रालि बाट छनौट गर्नु पर्ने नियम छ । निमित्त वन अधिकृत कुमाईले भने जिल्लामा आएदेखि नै याेजना बद्व रुपमा काम सुरु गरेर रकम आफुले कमाउने तयारी गरेको पाईन्छ । कुमाई निमित्त वन अधिकृत भएर डोल्पाएपछि डोल्पाका सामुदायिक वन क्षेत्रमा जटामसी (भुत्ले ) हानि नोक्शानी सम्बन्धी अध्ययन अनुसन्धानको बजेट कामै नगरी खानको लागि आफ्नै नजिकैको ब्यक्तीलाई २०७९ पुष महिना “हाम्मो माटो प्रा.लि.” नामक प्राईभेट कम्पनी खोल्न लगाउछन् र बजेट त्यतै राखेर कामाउने तयारीमा लाग्छन ।
जटामसी अध्ययन अनुसन्धानको लागि प्रस्तावना आह्वान नगरि आन्तरिक रुपमा “हाम्मो माटो प्रा.लि.” को सबै कागजात मिलाईएको छ तर अन्य केहि फर्मका भने नपुगेका कागजातहरु राखिन्छ । “हाम्मो माटो प्रा.लि.” लाई राम्रो तरिकाले नम्वर दिएर छनौट गर्न गोप्य रुपमा छनौट समिति बनाई आफैले पास नम्बर दिएको पाईएको छ । वन क्षेत्रमा विज्ञ टोलि विनाको जटामसी हानी नोक्शानी सम्बन्धी अध्ययन अनुसन्धान क्रियाकलाप गरेको कागजी प्रकृया बनाई रकम “हाम्मो माटो प्रा.लि.” लाई भुक्तानी गरेको भेटिएको हो ।
डोल्पा जिल्लामा स्थानीय वासिका वन तथा जडिबुटी अध्ययन अनुसन्धान सम्बन्धी फर्म अर्थात प्रालि हुदाहुदै पनि आन्तरिक मिलेमतोमा योजना बद्ध तरिकाले १५ लाख योजना भुक्तानी गरेको खुलेको हो । हाम्मो माटो प्रा.लि को आन्तरिक राजश्व कार्यालयमा दर्ता भएको स्थायी लेखा नम्बर दर्ता प्रमाण पत्रको व्यवसाय कारोबारमा हेर्दा अध्ययन अनुसन्धान भनेर खुलाईएको पनि छैन । सबै कुराको अध्ययन गर्दा र बुझ्दा नियम कानुन विपरीत काम गरेको देखिन्छ ।
यता निमित्त वन अधिकृत कुमाई भन्छन जटामसी हानी नोक्सानी सम्बन्धि अध्ययन अनुसन्धान गरेको बापत हाम्मो माटा प्रालि लाई भ्याट सहित १४ लाख ४० हजार ७ सय ५० भुक्तानी गरेको निमित्त डिभिजन वन अधिकृत महेश कुमाईले स्वीकारेका छन् । अधिकृत कुमाईले भने हामीले सूचिकृत भएका तीन वटा फर्म मध्य “हाम्मो माटो प्रा.लि.” लाई छनौट गरेको बताए तर अरु दुई फर्म कुनकुन हुन कस्का हुन भनेर विवरण माग्दा बुझाउन सकेनन्। अन्य किसानका हजारका कार्यक्रम छनौट गर्दा सुचना निकाल्ने तर १५ लाखको किन सुचना ननिकाल्ने भन्ने प्रश्नमा वन अधिकृत कुमाईले कार्यविधि भन्दै आलटाल जवाफ दिएका छन् । उक्त शिर्षकमा काम के कति भएको छ भनी लिखित रुपमा कागजात सहितको विवरण माग्दा पनि पुरा कागजात दिन भने सकेका छैनन ।”हाम्मो माटो प्रा.लि.” काठमाण्ठौ २६ सामाखुसिमा २०७९ पुसमा दर्ता भएको छ ।