त्रिपुरासुन्दरी नगरपालिका साक्षर नगरपालिका घाेषणा :

जैतुन अनलाइन | 2023-07-07

 

लेख बुढा,

डाेल्पा :  हिमाली जिल्ला डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकालाई साक्षर नगरपालिका घाेषणा गरिएको छ । साक्षर नेपाल अभियान अन्तरगत डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकाले नगर प्रमुख जनचन्द राेकायाकाे अध्यक्षतामा जिल्ला समन्वय समिति डाेल्पाका प्रमुख श्याम बहादुर राेकायाकाे प्रमुख आतिथ्यतामा शुक्रबार एक कार्यक्रम गरि साक्षर नगरपालिका घाेषणा गरिएकाे छ । ९५ प्रतिशत नागरिक साक्षर भएकाे दावी गर्दै साक्षर नगरपालिका घाेषणा गरिएकाे हाे । साक्षर नेपाल अभियान अन्तरगत नगरपालिकाले विभिन्न सामुदायिक सिकाई केन्द्रहरुबाट ५३ वटा कक्षा संचालन गरुकाे त्रिपुरासुन्दरी नगरपालिका शिक्षा शाखा प्रमुख भिम थापाले बताउनुभयो ।

९५ प्रतिशत नागरिक साक्षर भएकाेले अब ५ प्रतिशतलाई छिट्टै साक्षर बनाई पूर्ण साक्षर नगरपालिका घाेषणा गर्ने तयारी रहेकाे शिक्षा शाखा प्रमुख थापाले बताउनुभयो । वर्तमान अवस्थामा बिधार्थी बिधार्थीलाई प्रतिस्पर्धा गराउनु भन्दा पनि शिक्षक शिक्षकलाई प्रतिस्पर्धा गराउनु आबश्यक रहेकाे नागरिक समाज डाेल्पा अध्यक्ष शेर बहादुर बुढाले बताउनुभयो ।शिक्षकले हालकाे परिस्थिति अनुसारकाे शिक्षा बालबालिकालाई दिन आवश्यक रहेकाे अध्यक्ष बुढाले बताउनुभयो । यस्तै बालबालिकालाई ब्यबहारिक शिक्षा अहिले आवश्यकता रहेकाे जिल्ला समन्वय समिति डाेल्पाका प्रमुख श्यामबहादुर राेकायाले बताउनुभयो ।

नगरपालिकालाई साक्षर बनाएकाेमा खुसी ब्यक्त गर्दै पूर्ण साक्षरकाे लागि शुभकामना दिनुभयो । साक्षर नगरपालिका बाट पूर्ण साक्षर नगरपालिका बनाउनकाे लागि नगरपालिका सम्पूर्ण तहतप्काका प्रतिनिधिलाई लागि पर्न त्रिपुरासुन्दरी नगरपालिकाबा नगर प्रमुख जनचन्द राेकायाले आग्रह गर्नुभएको छ । बाकीँ रहेका ५ प्रतिशत निरक्षरलाई साक्षर बनाई चाडै पुर्ण साक्षर नगरपालिका घाेषणा गरिने नगर प्रमुख राेकायाले दावी गर्नुभयो । नगरपालिका भित्रका सबै आफन्त गुमाएका, टुहुरा, आर्थिक रुपले विपन्न बालबालिकालाई नगरपालिकाले अभिभावकिय भुमिकामा पठनपाठनकाे सम्पूर्ण जिम्मा लिने नगर प्रमुख राेकायाले बताउनुभयो ।

 

त्रिपुरासुन्दरी नगरपालिकालाई साक्षर नगरपालिका घाेषणा गरेतापनि नगरपालिका भित्र जम्मा ३ सय ५४ जना निरक्षर ब्यक्ति रहेकाे नगरपालिकाले जनाएको छ । बाकीँ निरक्षरलाई कक्षाहरु संचालन गरिरहेकाले तत्कालै साक्षर बनाउने याेजना रहेकाे त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले बताउनुभयो ।