डोल्पा : काईके गाउँपालिकाको रोजगार रणनीति पारित भएको छ । गाउँपालिकाको १२औँ गाउँसभाबाट बहुमतले रोजगार रणनीति पारित भएको हो । काईके गाउँपालिकाका रोजगार सहायक अरुण शाहले सरोकारवाला र बिज्ञहरुको सहयोग मार्फत तयार पारेको रोजगार रणनीति गाउँ सभाले पारित गरिदिएको हो । रोजगार रणनीति २०८० जारी गर्दै नेपाल सरकारले ७ सय ५३ वटै स्थानीयतहलाइ निर्देशन दिए अनुसार समयमा नै काईके गाउँपालिकाले आफ्नो रोजगार रणनीति निर्माण गरी गाउँसभाबाट पारित गरेको हो ।
बढ्दो ब्यरोजगारी समस्यालाई समाधानका लागि आन्तरीक रोगजार सृजना गरी बाध्यात्मक बैदेशिक रोजगारीलाई निरुत्साहित गर्ने उदेश्यले रोजगार रणनीति २०८० निर्माण गरेको गाउँपालिकाले जनाएको छ । स्थानीयत तह भित्रै आवाश्यक रोजगारी सृजना गर्न सभाबित क्षेत्रको पहिचान गरी दक्ष सिपयुक्त क्षमतवान प्रतिस्प्रधि जनशक्ति तयार गर्ने अभिप्रायले रणनैतिक योजना तयार गरेको गाउँपालिकाको दावी रहेको छ । यो रणनैतिक योजनाले प्रतिश्प्रधात्मक दक्ष जनशक्ति उतपादन गर्न सहयोग पुग्ने अपेक्षा गाउँपालिकाले लिएको छ । सरकारको निर्देशन अनुसार निर्माण भएको रोजगार रणनीति २०८० ले गाउँपालिकामा आउने बर्षहरुमा काम गर्न सहज बनाउने रोजगार सहायक शाहको बुझाई रहेको छ ।