डाेल्पा : डोल्पा पूर्ण खाेप सुनिश्चितता जिल्ला घोषणा भएको छ। शनिबार डोल्पा सदरमुकाम दुनैमा एक कार्यक्रमका बिच डोल्पा डोल्पा पूर्ण खाेप सुनिश्चितता जिल्ला घोषणा भएको हो । जिल्लाका ८ वटा स्थानीय तह डोल्पा पूर्ण खाेप सुनिश्चितता पालिका घोषणा भएपछि शनिबार डोल्पा जिल्लालाई डोल्पा पूर्ण खाेप सुनिश्चितता जिल्ला घोषणा गरिएको जिल्ला खोप समन्वय समितिका अध्यक्ष जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर रोकायाले जानकारी दिए । डाेल्पाका ८ वटै स्थानीय तहमा १६ देखि ५९ महिना सम्मका सबै बालबालिकालाई राष्ट्रिय खाेप तालिकाअनुसार १५ महिना उमेर भित्र पाउनु पर्ने सबै खाेप लगाएको तथ्याङ्क अनुसार नै जिल्लालाई पूर्ण खाेप सुनिश्चितता गरेर जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय डाेल्पाका प्रमुख डाक्टर रत्नबिर सुनारले बताए ।
शनिबार जिल्ला समन्वय समितिको सभा हलमा बृहत कार्यक्रम गरेर डोल्पा पूर्ण खाेप सुनिश्चितता जिल्ला घोषणा भयो । प्रदेश खोप समन्वय समितिका प्रतिनिधिले जिल्ला खोप समन्वय समितिका अध्यक्षलाइ डोल्पा पूर्ण खाेप सुनिश्चितता जिल्ला घोषणा भएको प्रमाण–पत्र हस्तान्तरण गरेपछि औपचारीक रुममा डोल्पा पूर्ण खाेप सुनिश्चितता जिल्ला घोषणा भएको छ । जिल्ला खोप समन्वय समितिका अध्यक्षले स्वास्थ्य सेवा कार्यालयका प्रमुखलाइ डोल्पा पूर्ण खाेप सुनिश्चितता जिल्ला घोषणा भएको प्रमाण–पत्र प्रदान गरे ।
डोल्पा सदरमुकाम दुनैको बजारमा र्याली गरेर डोल्पालाई पूर्ण खाेप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । यस घोषणा सभाबाट जिल्लामा स्वास्थ्य क्षेत्रमा कार्यरत बिभिन्न तहका कर्मचारीहरुलाई सम्मान गरेर प्रमाण–पत्र समेत प्रदान गरिएको छ । कार्यक्रमलाइ अझै भब्य बनाउने तयारी रहेको भएपनि दिनभरको झरिको कारण केहि कठिनाइ आएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । बाजा सहित डोल्पा पूर्ण खाेप सुनिश्चितता जिल्ला घोषणा गरि रहदा स्वास्थ्यकर्मिले सन्देश मुलक नृत्य समेत प्रस्तुत गरेका थिए । कर्णाली प्रदेशमा पूर्ण खाेप सुनिश्चितता जिल्ला घोषणा गर्ने अन्तिम जिल्ला हो भने देशभरमा ७२ औँ जिल्लामा परेको छ । डोल्पा पूर्ण खाेप सुनिश्चितता जिल्ला घोषणा भएसँगै स्वास्थ्य क्षेत्रको कार्यक्रममा पनि सुधार आउने अपेक्षा गरिएको छ ।