डाेल्पा : डाेल्पाकाे काईके गाउँपालिकाका दुई जना कर्मचारीलाई “उत्कृष्ट कर्मचारी”मा सम्मानित भएका छन । गाउँपालिकाको १२ औं गाउँ सभा बाट नगद रु १० हजार दोसल्ला प्रमाणपत्र टोपी सहित “उत्कृष्ट कर्मचारी”का रुपमा सम्मान गरेकाे हाे । काईके गाउँपालिकाको कार्यसम्पादन मुल्यांकन समितिकाे सिफारिसमा आर्थिक प्रशासन शाखा प्रमुख पदम बिक्रम थापा र याेजना तथा स्टोर शाखा प्रमुख बिरेन्द्र डाँगीलाई गाउँ सभा बाट उत्कृष्ट कर्मचारीमा सम्मान परेका हुन । आर्तिक बर्ष २०७९/०८० काे गाउँ सभाको निर्णय अनुसार बिनियोजित रकमबाट पालिकाका “उत्कृष्ट कर्मचारी”लाइ सम्मान गरिएको हो। यस्तै गाउँ सभाले उत्कृष्ट प्रधानाध्यापक,उत्कृष्ट बिधालय उत्कृष्ट शिक्षक तथा बालिबिकास केन्द्र सहजकर्तालाई पनि नगद पुरस्कार सहित सम्मान गरेकाे छ । कर्मचारीलाइ सम्मान कार्यक्रम हरेक बर्ष गरिने गाउँपालिकाले जनाएको छ ।