डाेल्पा : डाेल्पा जिल्लाकाे शे-फोक्सुण्डो गाउँपालिका वडा नं.४ स्थित नाम्दो देचेन लापराङ गुम्बाबाट यही असार ८ गते राती करोडौंको चाेरी भएकाे छ । हातहतियार सहित आएका लुटेरा चाेरहरुकाे समुहले साेही गुम्बा आसपास बस्ने गरगहना सहित करोडौँ बराबरको बहुमुल्य सामान लुटेका स्थानीय बासिन्दाले जनाएका छन् । स्थानीयका अनुसार यहीँ असार ९ गते राती शे फाेक्सुण्डाे गाउँपालिका ३ शे चाखाङ गुम्बाबाट पुरातात्विक महत्वका बिभिन्न सम्पदाहरूको चोरी भएको छ। गुम्बामा रहेका लामाहरुलाई लुटेराहरुकाे समुहले मरासन्न हुने गरि कुटपिट गरेका छन् ।
लुटेराहरुकाे समुह हातहतियार सहित ठुलाे मात्रामा भएकाे हुदा स्थानीय नागरिक र केही सुरक्षाकर्मी ज्यान जाेगाउन धाै भएकाे बताईएकाे छ । माथिल्लो डाेल्पा बासीलाई राज्यकाे सुरक्षा प्रत्यावुती गराउन र साैतेनी व्यवहार नगर्न साैतेनी ब्यबहार नगर्न माथिल्लो डाेल्पाका अगुवा नागरिक आङ बहादुर लामाले बताएका छन् । माथिल्लो डाेल्पाका नागरिकलाई राज्य छ है भन्ने गरि सरकारले ग्यारेन्टी लिनु पर्ने लामाकाे भनाइ छ । बैशाख देखि असार महिना सम्म बहुमुल्य जडिबुटी यार्सागुम्बा संकलन गर्न विभिन्न ठाउँका मान्छेहरु माथिल्लो डाेल्पाका यार्सा पाटनहरुमा जाने गर्दछन् ।
यार्सागुम्बा नपाएकाे खण्डमा समूह समुह बनाएर स्थानीयलाई डरधम्की दिईएर लुटपाट गर्ने अनि गुम्बाहरुबाट पुरातात्त्विक सम्पति चाेरी गर्ने याे बर्ष नभई बिगतका बर्षहरुमा पनि यस्तै समस्या आउने गर्दथ्याे । माथिल्लो डाेल्पामा लुटपाट भयाे भन्ने खबर आएकाे छ सत्यतथ्य के कस्ताे बुझ्नकाे लागि थप सुरक्षाकर्मी परिचालन गरिएकाे र अन्य सम्बन्धित नाकाहरुमा पनि कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय डाेल्पाले जनाएको छ।