ठुलीभेरी नगरपालिकाकाे ११ औं नगर सभामा ४८ कराेड बजेट प्रस्तुत

जैतुन अनलाइन | 2023-06-25

 

डाेल्पा : डाेल्पाकाे ठुलीभेरी नगरपालिकाले ११ औं नगर सभामा ४८ करोड बजेट प्रस्तुत भएको छ ।  नगर प्रमुख शुवर्ण कुमार बुढाकाे अध्यक्षतामा नगरउपप्रमुख छिरिङ टोल्मा महतले आर्थिक बर्ष २०८०/०८१ काे लागि नगरपालिकाकाे निति तथा कार्यक्रम प्रस्तुत गरिएको हो । समृद्ध नगर,सुखी नगरवासी भन्ने मुल नाराका सहित स‌सदिय अभ्यासका साथ ठुलीभेरी नगरपालिकाले ११ औँ नगरसभा समापन गरेको छ ।

उपप्रमुख छिरिङ टाेल्मा महतकाे स्वास्थ्य प्रतिकुलताको कारण उपप्रमुखको अनुमति अनुसार बजेट तथा योजना तर्जुमा समितिका सदस्य ए‌ब वडा नं. १ का अध्यक्ष तेजेन्द्र बहादुर राेकायाले आर्थिक बर्ष २०८०/०८१ काे लागि ठुलीभेरी नगरपालिकाको निति तथा कार्यक्रम  प्रस्तुत गरेका हुन। ठुलीभेरी नगरपालिकाले नयाँ आर्थिक बर्षकाे लागि चालू तर्फकाे ३२ कराेड ४० लाख ५७ हजार रुपैया र पूँजिगत तर्फकाे १५ कराेड ६१ लाख ६६ हजार २ सय ४२ रुपैया गरि कुल ४८ करोड २ लाख २३ हजार २ सय ४२ रुपैयाँ को प्रस्तावित बजेट प्रस्तुत गरेकाे छ ।

आर्थिक बर्ष २०८०/०८१ काे निति तथा कार्यक्रम प्रसतुत गर्दै योजना तर्जुमा समितिका सदस्य तेजेन्द्र बहादुर रोकाया

पहिलो पटक ठुलीभेरी नगरपालिकाले पहिलाे पटक संसदीय अभ्यासमा नगर सभा संचालन गरेकाे थियोे । नगर सभामा सभाका सदस्यहरु बाट उठेका विभिन्न बिषयका प्रश्नहरुकाे सम्बन्धित बिषयगत समितिका संयाेजकहरुले जवाफ दिएका थिए । आर्थिक बर्ष २०८०/०८१ काे लागि नगरपालिका भित्रका समग्र बिषय तथा समस्या र आवास्यक्तालाइ समेटेर बजेट ल्याएको नगर प्रमुख श्ववर्ण कुमार बुढाको दाबी रहेको छ । आर्थिक बर्ष २०८०/०८१ काे लागि आएको निति तथा कार्यक्रममा भने अघिल्ला आर्थकि बर्षका भन्दा पृथक र कार्यान्वयन हुने खाले योजनाहरु समेटिएको नगरकार्यपालिकाका सदस्यहरुको बुझाई रहेको छ ।