लेख बुढा
डाेल्पा : हिमाली जिल्ला डाेल्पामा ८ वटा स्थानीय तह रहेका छन् । दुई नगरपालिका र ६ वटा गाउँपालिका रहेका छन् । डाेल्पाका ८ वटै स्थानीय तहमा १६ देखि ५९ महिना सम्मका सबै बालबालिकालाई राष्ट्रिय खाेप तालिकाअनुसार १५ महिना उमेर भित्र पाउनु पर्ने सबै खाेप लगाएर विभिन्न समयमा पूर्ण खाेप तथा दिगाेपना पालिका घाेषणा गरिएको स्वास्थ्य सेवा कार्यालय डाेल्पाले जनाएको छ ।
डाेल्पाका सबै पालिकाहरुमा पूर्ण खाेप पालिक घाेषणा भैसकेपछि यहि असार ७ गते पूर्ण खाेप जिल्ला घाषणा गर्ने तयारी भएपनि भाैगाेलिक हिसावले अलि कठिन भएकाे कारण अलि ढिलाइ भएकाे स्वास्थ्य सेवा कार्यालय डाेल्पाका निमित्त स्वास्थ्य व्यवस्थापक रत्नबीर सुनारले बताउनुभयो । पूर्ण खाेप पालिका घाेषणा गर्न माथिल्लो डाेल्पा पुगेका स्वास्थ्यकर्मीहरु दुनै फर्किन ढिलाइ भएकाेले डाेल्पालाई पूर्ण खाेप जिल्ला घाेषणा कहिले गर्ने भन्ने बिषयमा आज असार ८ गते शुक्रबार जिल्ला पूर्ण खाेप घाेषणा समितिकाे बैठक बस्ने तयारी रहेकाे सुनारले जानकारी दिनुभयो छ ।