डाेल्पाेबुद्व गाउँपालिकाकाे १३ औं गाउँ सभा सम्पन्न :२८ कराेड भन्दा बढी बजेट प्रस्तुत ।

जैतुन अनलाइन | 2023-06-23

 

 डाेल्पा :  डाेल्पाेबुद्व गाउँपालिकाले १३ औं गाउँ सभा सम्पन्न गरेकाे छ । आर्थिक बर्ष २०८०/०८१ काे लागि गाउँपालिका अध्यक्ष कार्मा छोईवेल गुरुङकाे अध्यक्षतामा गाउँपालिकाकाे निति तथा कार्यक्रम प्रस्तुत गरिएको हाे । डाेल्पाेबुद्व गाउँपालिका उपाध्यक्ष पेमा धोर्छे गुरुङले नयाँ आ.व काे लागि कुल २८ करोड ९६ लाख ९० हजार ६ सय ४९ रुपैयाँ बराबरको प्रस्तावित बजेट प्रस्तुत गरेका हुन। डोल्पामा सबैभन्दा पहिला आर्थिक बर्ष २०८०/०८१ काे लागि बजेट प्रस्तुत गर्ने डोल्पोबुद्ध पहिलो गाउँपालिका हो ।

संघीय सरकार बित्तिय समानीकरण अनुदान तर्फ ६ कराेड ९१ लाख, संघीय सरकार शसर्त अनुदान ६ कराेड ९ लाख, संघीय सरकार बिशेष अनुदान ३ कराेड ४० लाख, संघीय सरकार समपुरक अनुदान ५० लाख, संघीय सरकार राजश्व वाडफाड ४ कराेड ४१ लाख ४३ हजार १ सय रुपैयाँ, प्रदेश सरकार बित्तिय समानीकरण अनुदान ३२ लाख ७३ हजार रुपैया, प्रदेश सरकार शसर्त अनुदान १ कराेड ४७ लाख ३५ लाख ७ सय ५० रुपैया, प्रदेश सरकार विशेष अनुदान ५० लाख रुपैया,प्रदेश सरकार समपुरक अनुदान १ कराेड ३० लाख रुपैया, प्रदेश सरकार राजश्व बाँडफाँड ३९ हजार ५ सय ४९ रुपैया, आन्तरिक स्राेत ५ लाख रुपैया, अ.ल्या ४ कराेड रुपैया डाेल्पाेबुद्व गाउँपालिकाले आम्दानी र खर्च हुने प्रारम्भिक प्रक्षेपण गरेकाे छ ।

तस्बिर : हिमालयन टाईगर

१३ औं गाउँ सभाले पुर्व गा.पा. अध्यक्ष, उपाध्यक्ष लगायत सम्पुर्ण पुर्व जनप्रतिनिधिहरुलाई सम्मान गरेकाे छ । यस्तै गाउँपालिकाको लोगो डिजाईनर तेन्जिन नुर्बु लामालाई सम्मान गरिएकाे छ । गाउँ सभाले यस आ.व काे उत्कृष्ट कर्मचारी असिस्टेन्ट सब ईन्जिनियर माधव प्रसाद पुनलाई नगद रु १० हजार सहित प्रमाणले सम्मान गरिएको छ । गाउँ सभा बाट क्रिष्टल माउन्टेन मा.वि. धोबाट पहिलो पटक एस ईई उतिर्ण गर्ने विद्यार्थीहरुलाई पनि सम्मान गरिएको छ । नेपालकाे संबिधान अनुसार असार १० गते स्थानीय सरकारले नयाँ बजेट ल्याउने पर्ने हुन्छ । उपल्लो डाेल्पामा अत्याधिक जाडाे हुने भुगाेल ठुलाे, बस्तीहरु टाढा हुने हुदा सबै जम्मा भएकाे माैका छाेपी यहाँका स्थानीय तहहरुले सभा सम्मेलन गर्ने गर्दछन्।

तस्बिर : हिमालयन टाईगर