डोल्पामा यसरी मनाईयो नवाैं अन्तर्राष्ट्रिय याेग दिवस ।

जैतुन अनलाइन | 2023-06-21

 

लेख बुढा

डाेल्पा : नवाैं अन्तर्राष्ट्रिय याेग दिवसकाे अवसरमा डाेल्पाकाे सदरमुकाम दुनै बजारमा याेग प्रशिक्षण कार्यक्रम सुरु गरिएकाे छ । आयुर्वेद स्वास्थ्य केन्द्र दुनै डाेल्पाकाे आयाेजना जिल्ला समन्वय समितिकाे प्राङ्गणमा यही असार ६ गते देखि १२ गते सम्मकाे लागि याेग प्रशिक्षक प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु गरिएकाे हाे । अन्तर्राष्ट्रिय याेग दिवसकाे अवसरमा याेग प्रशिक्षक शिव प्रसाद गाैतम द्वारा सहभागीहरुलाई एक हप्ता सम्म याेग प्रशिक्षण दिने कार्यक्रम रहेकाे आयुर्वेद स्वास्थ्य केन्द्र दुनै डाेल्पाका कार्यालय प्रमुख दीपेन्द्र उपाध्यायले जानकारी दिनुभयो ।

याेग स्वास्थ्यकाे लागि अति महत्त्वपूर्ण शारीरिक र मानसिक व्यायाम भएकाेले सहभागीले सात दिने प्रशिक्षण कार्यक्रमबाट सिकेर आगामी दिन अन्य व्यक्तिहरुलाई सिकाउने आशा रहेकाे उहाँले बताउनुभयो । पछिल्लो समय डाेल्पामा पनि याेग गर्ने ईच्छा भएकाे तर याेग कसरी गर्ने भन्ने तरिका कत्तिले थाहा नपाएको हुदा सहभागीहरुले सात दिने प्रशिक्षणबाट ज्ञान लिएर अरुलाई पनि सिकाउने बिश्वास रहेकाे आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख उपाध्यायले बताउनुभयो । आयुर्वेद चिकित्सा शास्त्र अनुसार नियमित याेग गरेमा शरीरका विभिन्न प्रकारका शारीरिक तथा मानसिक राेग निकाे हुने बिश्वास गरिन्छ । हरेक बर्षकाे अंग्रेजी महिना जुन २१ मा अन्तर्राष्ट्रिय याेग दिवस मनाईन्छ ।