डाेल्पा : हिमाली जिल्ला डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेकाे छ । आ.व २०७९/८० मा नगरपालिकामा भए गरेका काम कार्यकाे स्थानीय नागरिकले जानकारी पाउन भन्ने उदेश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम आयाेजना गरेकाे हाे । डाेल्पाका ८ वटा स्थानीय तहहरु मध्य त्रिपुरासुन्दरी नगरपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम राखेकाे हाे । त्रिपुरासुन्दरी नगरपालिका डाेल्पाका प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले यस आ.व.०७९/८० मा नगरपालिकामा भएका विभिन्न गतिविधिका बारेमा प्रतिवेदन पढेर सहभागीलाई जानकारी दिनुभएको थियाे ।
नगरपालिकाले सुरुवाती चरणमा रहेकाेकाेले आगामी दिनमा सुधार गर्दै सूचना मैत्री नगरपालिका बनाउने अधिकृत नेपालीले बताउनुभयो । त्रिपुरासुन्दरी नगरपालिकाले यस आर्थिक बर्षमा १३ कराेड,४१ लाख,३१ हजार ३ सय १० रुपैयाँ खर्च भएकाे र ९३ लाख ५६ हजार ६ सय ७५ रुपैयाँ खर्च गर्न बाकीँ रहेकाे जनाईएकाे छ । सार्वजनिक सुनुवाइ कार्यक्रममा विभिन्न व्यक्तिले प्रश्न तथा गुनासाे गरेका थिए भने सम्बन्धित शाखा प्रमुखहरुले जवाफ दिएका थिए । डाेल्पामा त्रिपुरासुन्दरी नगरपालिकाले सर्वप्रथम सार्वजनिक सुनुवाइ कार्यक्रम गरेकाे खुसी ब्यक्ति गर्दै आगामी दिनमा तीन तीन महिनामा सार्वजनिक सुनुवाइ गर्न प्रमुख जिल्ला अधिकारी भुमिश्वर पाेखरेलले आग्रह गर्नुभयो ।
नेपालकाे संविधान अनुसार सामान्य नगर बासीले आफुले पाउने सेवा सुविधा कहाँबाट कसरी किन भन्ने लागएतका बिषयमा जान्न पाउनु पर्ने अधिकार रहेकाे हुदा सबैले सार्वजनिक सुनुवाइ कार्यक्रम आबश्यक रहेकाे उहाँले बताउनुभयो । नगर पालिकाले राम्रो कार्यकाे थालनी गरेकाे भन्दै सुशासन कायम गर्न सार्वजनिक सुनुवाइ कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यक रहेकाे नागरिक समाज डाेल्पाका अध्यक्ष शेर बहादुर बुढाले बताउनुभयो । आगामी दिनमा वडा स्तरबाटै सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्न बुढाले आग्रह गर्नुभयो ।
नेपालकाे संबिधान अनुसार प्रत्येक नागरिकले सूचना पाउने हक हुने मान्यतालाई मध्यनजर गर्दै निर्वाचन भएकाे एक बर्षमा नगरमा भएका गतिविधि बारेमा त्रिपुरासुन्दरी नगरपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम गरि सकरात्मक सन्देश दिएकाे जिल्ला समन्वय समिति डाेल्पाका प्रमुख श्याम बहादुर राेकायाले बताउनुभयो । डाेल्पाका अन्य स्थानीय तहलाई पनि सार्वजनिक सुनुवाइ कार्यक्रम संचालन गर्न प्रमुख राेकायाले आग्रह गर्नुभएको छ । त्रिपुरासुन्दरी नगरपालिकाले पहिलोपटक सार्वजनिक सुनुवाइ कार्यक्रम आयाेजना गरेकाेले आगामी दिनमा सुधार गर्दै नगरपालिका बाट सुशासन मैत्री सेवा प्रवाह गर्ने त्रिपुरासुन्दरी नगरपालिका डाेल्पाका नगर प्रमुख जनचन्द राेकायाले बताउनुभयो । नगर पालिकाकाे समग्र विकासकाे लागि सबै तह तप्काका निकायलाई सल्लाह सुझाव दिन नगर प्रमुख राेकायाले आग्रह गर्नुभएको छ ।