डाेल्पा : कर्णाली प्रदेश सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्मा शनिबार शर्मा मन्त्रालय अन्तरगतका कार्यक्रम तथा याेजनाकाे अनुगमन गर्ने कार्यक्रम रहेकाे कृषि बिकास कार्यालय डाेल्पाका निमित्त कार्यालय प्रमुख शरद लामाले जानकारी दिनुभयो । मन्त्री भएपछि पहिलाे पटक डाेल्पा पुग्नु भएका कृषि मन्त्री शर्माले डाेल्पाकाे भाैगाेलिक अवस्था बनाैट हेर्दा अत्याधुनिक तरिकाले पशुपालन लाई जाेड दिनुपर्ने बताउनुभयो । मन्त्री शर्माले भन्नुभयो,यहाँको भुगाेल अनुसार पशुपालन,कृषि र पर्यटन क्षेत्रलाई व्यबस्थित बनाई स्थानीयलाई आयआर्जनकाे मुख्य स्राेतकाे रुपमा स्थापित गर्न कर्णाली प्रदेश सरकार जाेड दिनेछ ।
भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगतका सबै कार्यालय र याेजनाहरुकाे अनुगमन गर्ने मन्त्री शर्माले बताउनुभयो । जाजरकोट,रुकुम पश्चिम र डाेल्पाकाे समग्र कृषिकाे अवस्था के छ भनेर बुझ्नकाे लागि सडक मार्गबाट डाेल्पा पुगेकाे उहाँले बताउनुभयो । डाेल्पामा धेरै मात्रामा स्याउ र अंगुर उत्पादन हुने भएकाे हुदा यसलाई बजारीकरण गर्ने साथै स्याउ र अंगुर बाट अन्य विभिन्न प्रकारका पेय पदार्थ प्रशाेधा गर्नकाे लागि मन्त्रालय र कर्णाली प्रदेश सरकारले विशेष कार्यक्रम बनाउने मन्त्री शर्माले बताउनुभयो ।