डोल्पा : हरेक दिन डोल्पाका स्थानीय तहले पुर्ण खोप पालिका घोषणा गरि रहेका छन । शनिबार छार्काताङसोङ गाउँपालिकाले पनि पालिकालाई पुर्ण खोप पालिका घोषणा गरेको छ । गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुड्गको अध्यक्षतामा छार्काले पुर्ण खोप पालिका घोषणा गरेको हो । शनिबार बिशेष कार्यक्रमका बिच छार्काताङसोङ गाउँपालिकाले पुर्ण खोपका लागि आवास्यक प्राबधानहरु पुरा भएको सावित गर्दै पालिकाललाई पुर्ण खोपा पालिका घोषणा गरेको गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङ्गले जानकारी दिए ।
भौगोलिक रुपमा ठुलो र बिकट क्षेत्र भएको कारण पुर्ण खोप पालिका घोषणामा केहि दिन ढिला भएको स्वास्थ्य सयोजक बुद्धि धरालाले बताए । धरालाका अनुसार हिउदमा हिउ धेरै जमेर सबै क्षेत्रमा काम गर्न नसकीने र जेष्टमा यार्सा टिप्न पाटन जाने भएकोले पनि केहि समय धकेलिएको जानकारी दिए । बैशाख देखी नै पुर्ण खोपका लागि बाँकी रहेका कामहरु पुरा गरेर शनिबार घोषणा गर्न सफल भएको प्रमुख प्रशासकिय अधिकृत अम्मरराज सेजुवालले बताए । प्रमुख सेजुवालका अनुसार पुर्ण खोपाका लागि सबै कार्यहरु पुरा भएका थिए खाली औपचारिकता मात्रै बाँकी रहेको हो त्यो पुरा गरेको जानकारी दिए ।
पछिल्लो समय सघियता सँगै छार्काताङसोङ गाउँपालिका नागरिकले भने सरकारबाट पाउने सेवा सहजै प्राप्त गरि रहेका छन । सड्क सञ्चाजलको पहुचबाट दुर रहेका छार्काताङसोङ बासिहरुलाइ भने स्थानीय सरकारले सरकारको महसुस गराइ रहेको छ । गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुका साथै बिभिन्न सेवाहरु समेत बिस्तार गरि सकिने सम्मका स्वास्थ्य सेवाहरु प्रदान गरी रहेको छार्काताङसोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङको दावी छ । उनि दोस्रो पटक अध्यक्ष बनेकाले पनि जनताकाे सेवामा नजिकबाट लागी रहेका छन । पुर्ण खोप पालिका घोषणा कार्यक्रममा जनप्रतिनिधि सरोकारवाला निकाय सुर्क्षाकर्मि स्वास्थ्यकर्मि कर्मचारी र स्थानीयको उपस्थिति रहेको थियो ।
जिल्ला खोप समन्वय समितिले बाँकी रहेका सबै पालिकाहरुलाइ असार २ गते भित्र घोषणा गरि सक्नुपर्ने निर्देशन सहितको निर्णय गरेको थियो । सोहि अनुसार काईके गाउँपालिका,छार्काताङसोङ गाउँपालिका र शे-फोक्सुण्डो गाउँपालिकाले शनिबार नै पुर्ण खोप पालिका घोषणा गरेका हुन । सबै पालिका पुर्ण खोप पालिका घोषणा भएसँगै असार ७ गते जिल्लालाई पुर्ण खोप जिल्ला घोषणा गरिने भएको छ । कर्णालीका १० जिल्लामा डोल्पा मात्रै पुर्ण खोप जिल्ला घोषणा हुन बाँकी रहेको छ ।