काईके गाउँपालिका पूर्ण खोप पालिका घोषणा

जैतुन अनलाइन | 2023-06-17

डाेल्पा :  डाेल्पाकाे काईके गाउँपालिका शनिबार पूर्ण खाेप गाउँपालिका घाेषणा गरिएकाे छ । एक कार्यक्रमका बिच शनिबार गाउँपालिकाको केन्द्र शहरतारा बगरमा पुर्णखोप पालिका घोषणा भएको हो । २०७५ बैशाख २२ गते पूर्ण खाेप शुनिस्चितता गाउँपालिका घाेषणा गरिएकाे भए पनि सोहि आधारलाइ पुन जिल्ला खोप समन्वय समितिले घोषणा गरेर आधिकारीकता दिएकाे काईके गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दुर्गा प्रसाद रिजालले जानकारी दिए । निमित्त प्रमुख प्रशासकिय अधिकृत रिजालका अनुसार काईके गाउँपालिका “स्थानीय स्वामित्व र सहभागीता,पूर्ण खाेप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराकाे साथ नेपाल रेडक्रस साेसाईटीकाे सहयाेग र काईके गाउँपालिकाकाे आयाेजनामा पूर्ण खाेप सुनिश्चितता पालिका घाेषणा गरिएको थियाे र अब भने पुर्ण रुपमा आधिकारीकता पाएको बताए ।

काईके गाउँपालिका उपाध्यक्ष निमा बुढाको अध्यक्षतामा पालिका पुर्ण खोप घोषणा गरिएको हो ।  २०७५ साल बैशाख २२ गते डाेल्पामा पहिलाे स्थानीय तहकाे रुपमा काईके गाउँपालिका भित्रका वडा नं. १ देखि ७ सम्मका वडाहरुमा १६ देखि ५९ महिना सम्मका सबै बालबालिकालाई राष्ट्रिय खाेप तालिका अनुसार १५ महिना उमेर भित्र पाउनु पर्ने सबै खाेप लगाएर  पूर्ण खाेप  शुनिस्पाचितथा पालिका घाेषणा गरिएकाे काईके गाउँपालिका अध्यक्ष अंगद कुमार रानाले पहिलेनै दावी गरेका थिए । पुर्ण खोप पालिका घोषणाका लागि सबै आधारहरु पुरा भएकाले गाउँपालिकाले शनिबार घोषणा गरेको हो ।

स्वास्थ्य क्षेत्रमा निकै राम्रो अबस्थामा सेवा प्रदान गरि रहेको काईके गाउँपलिकाले प्राबिधिक कठिनाइको बावजुद ढिला हुन गएको स्वास्थय शाखा प्रमुख हरि बहादुर रोकायाले बताए । रोकायाका अनुसार सबै आधार पुरा गरेका छौ र अब अझै प्रभाबकारी बनाउन स्थानीय सरकारले थप ब्यवस्थापन गर्ने जानकारी दिए । काईके गाउँपालिकाको पुर्ण खोप घोषणा कार्यक्रमका लागी सहायक प्रमुख जिल्ला अधिकारी सहित गाउँपालिका उपाध्यक्ष निमा बुढा र अन्य जनप्रतिनिधि तथा कर्मचारी स्वास्थ्यकर्मि र स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो ।