हरेक शनिबार भेरीनदी सरसफाई गर्दै नेपाल प्रहरी

जैतुन अनलाइन | 2023-06-17

 डोल्पा  : जिल्ला प्रहरी कार्यलय डोल्पाले  भेरी नदि सरसफाई गरि रहेको छ । हरेक शनिबार जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरीको टोलीले सदरमुकाम दुनै भएर बग्ने भेरीनदी सरसफाई गर्ने अभियान थालेको हो ।  जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरिक्षक शिव बुढाथोकीले आफ्नो नेतृत्वमा हरेक शनिबार भेरी नदि सफा गर्ने अभियानकाे थालनी गरेको बताए । डिएसपी बुढाथोकिका अनुसार हरेक दिन नसकिएपनि नेपाल प्रहरीले हरेक शनिबार भने भरीनदि तथा बजार क्षेत्रको सरसफाई भने गर्ने जानकारी दिए ।

गत बैशाख ३ गतेदेखी ठुलीभेरी नगरपालिकाले भेरी नदिको सरसफाई अभियान थालेपनि नदि किनार क्षेत्रमा भने फोहोर हटाउन सकेको छैन । यस्तो अबस्थामा स्थानीय सरकारलाई सहयोग गर्दै बर्षौदेखी भेरीको किनारमा थुपारिएको फोहोर प्रहरीले हप्तामा एक शनिबार केहि घण्टा उठाउने थालेको हो । ठुलीभेरी नगरपालिकाले भने बजार क्षेत्रबाट निष्कने फोहोर भने सातामा दुईदिन ट्रयाक्टरबाट उठाएर लैजाने गरेको छ । जस्को कारणा भेरीमा फोहोर कम हु्दै भने गएको छ ।

सदुरमुकाम दुनैको बिचै भएर बग्ने भेरी नदिमा दुनै बजारको फोहोरका ढल नाला र फोहोर जथाभाबी फाल्ने क्रम भने अझैपनि  रोकिएको छैन। हरेक शनिबार नेपाल प्रहरीले भेरीको फोहोर सफा गरे जसरी हरेक नागरिकले साताको एक दिन एक घण्टा समय दिए सफा भेरी नदि अनि सुन्दर दुनै भने हुनेमा नागरिक समाज डोल्पाका योगेन्द्र बुढाले बताए । अब हरेक शनिबार देखि भने जिल्ला प्रहरी डोल्पाले नियमित सरसफाइ गरिने जनाएको छ ।भेरीमा फोहोर नफाल्न वडा कार्यालयले सार्वाजनिक सूचना समेत जारी गरि रहदा नागरिकले भने सामान्य रुपमा लिएको कारणा पनि भेरी नदिमा फोहोर कम नभएको हो । भेरी नदिको फोहोर ब्यवस्थापनका लागि भने स्थानीय सरकारले दिर्घकालिन निति तथा कार्य योजना बनाउन जरुरी रहेको छ ।