जगदुल्ला गाउँपालिमा बिधालय र स्वास्थ्य संस्थामा नमस्ते वाईफाई राउटर वितरण

जैतुन अनलाइन | 2023-06-16

 डाेल्पा : डाेल्पाकाे जगदुल्ला गाउँपालिकाले निशुल्क अनलिमिटेड फाेर जी नमस्ते वाईफाई राउटर वितरण गरेकाे छ । विधालय र स्वास्थ्य संस्थालाई सूचना प्रविधि मैत्री बनाउनकाे लागि यहि आ.व अन्तरगत पालिका भित्र रहेका ८ वटा सामुदायिक विधालय र ३ वटा स्वास्थ्य संस्थामा फाेर जी नमस्ते वाईफाई राउटर वितरण गरिएकाे हाे ।

सामुदायिक विधालय र स्वास्थ्य संस्थाकाे दैनिक प्रशासनिक गतिविधिहरु संचालन गर्न सहज हाेस् भन्ने उदेश्यका साथ अनलिमिटेड फाेर जी नमस्ते वाईफाई राउटर वितरण गरिएकाे जगदुल्ला गाउँपालिका डाेल्पाका अध्यक्ष नारसिँह राेकायाले बताउनुभयो । गाउँपालिका द्वारा वितरण गरिएको अनलिमिटेड फाेर जी नमस्ते वाईफाई राउटरले स्वास्थ्य संस्थाकाे नियमित अनलाइन डाटा अपडेट कार्यलाई सहज हुने र स्वास्थ्य सम्बन्धि नयाँ नयाँ ज्ञान लिनकाे लागि सजिलो हुने जगदुल्ला गाउँपालिका स्वास्थ्य संयाेजक निमा छिरिङ बुढाले बताउनुभयो ।

यस अघि बिधालय तथा स्वास्थ्य संस्थाहरुमा ईन्टरनेटकाे ब्यबस्था गरेकाे भएतापनि विचविचमा विभिन्न समस्या आउने समस्या भएकाे कारण दुरसंचार प्राधिकरण डाेल्पा संग समन्वय गरि ११ वटा फाेर जी नमस्ते वाईफाई राउटर वितरण गरिएकाे जगदुल्ला गाउँपालिका डाेल्पाका प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसी बताउनुभयो । नेपाल दुरसंचार प्राधिकरणले फाेर जी नेटवर्क संचालन हुने ठाउँहरुका लागि प्याकेज अनुसारकाे वाएरलेस अनलिमिटेड नमस्ते वाईफाई राउटर वितरण गर्दै आईरहेकाे छ ।