सांसद बुढा भन्छन लासिक्याप-सिसोल सडक खण्ड सेनालाई दिने पहल भएको छ ।

जैतुन अनलाइन | 2023-06-15

डोल्पा :  नेपाल सरकारको तथ्याङ्कमा डोल्पा राष्ट्रिय सडक संजालमा जोडीएको भएपनि दर्जन पुलहरु निर्माण नभएको कारण यातायात गर्न सहज छैन । ट्रयाक मात्रै खोलिएको भेरी करिडोर जाजरकोट डोल्पा सड्कको भने स्तरोन्नती गर्न जरुरी  देखिएको छ । राष्ट्रिय सडक सञ्जालमा डोल्पा सदरमुकाम दुनै सम्म कच्ची भएपनि सडकको पहुँच भने पुगेको बर्षौ भयो । सदरमुकाम दुनै सम्म यातायात सञ्चालन भएको बर्षौ  पुगेता पनि दुनै देखि माथिल्लो भेग काईके गाउँपालिका,डोल्पोबुद्ध गाउँपालिका,छार्काताङसोङ गाउँपालिका र शे फोक्सुण्डो गाउँपालिकाका नागरिक भने यातायातको पहुचबाट बिञ्चत रहेका छन ।

सरकारले सडक संजाल जोडनमा ध्यान नदिएकोले अन्याय गरि रहेको र नागरिकले पहिले जस्तै दुखकष्ट भोगिरहेको गुनासो माथिल्लो क्षेत्रका स्थानीयको छ । जहाँ सडक संजाल पुग्छ त्यहाँ अन्य विकासले पनि क्रमशः फड्को मार्दै जान्छ सड्क नपुगेर बिकासमा पछि परि रहेको र महँगीको मार खेपी रहेको उनीहरुको गुनासो छ ।

लासिक्याप देखि सिसोल सम्मको ३३ किलोमिटर सडकको लागि बजेट शुनिश्चितता भईसकेको हुदा निर्माण कार्यको लागि नेपाली सेनालाई जिम्मा दिने पहल भईरहेको सांसद बुढाले जानकारी दिए। उक्त सड्क खण्डमा कडा चट्टान रहेकोले पनि नेपाली सेनाले जिम्मे लिएमा सड्क छिटो निर्माण कार्य हुने भएको हुदा  जिम्मा नेपाली सेनालाई दिनको लागि आवश्यक ठाउँहरुमा पहल भैरहेको उहाँले बताए। चिनको तिब्बत नाका मोरिम्लाबाट शिसौल सम्म सड्क ट्रयाक खोली सकिएको छ भने बाँकी ३३ किलोमिटर भाग कडा चट्टान भएकोले नेपाली सेनाले जिम्मा पाएमा निर्माण कार्यमा सहजता हुने र सड्क समयमा निर्माण भई नागरिकले यातायातको अनुभुति गर्ने भएकोले हरतरह लागि रहेको सा‌‌सद बुढाको भनाइ छ ।

विकासको पहिलो खुड्कीलो भनेको सडक भएकोले भेरिकरिडोर अन्तरगत तल्लु देखि दुनै सम्म सडक स्तरउन्नती गरेर कालोपत्रे गर्ने र दुनै देखि लासिक्याप,सिसोल सडक खण्ड निर्माणको लागि सदन र सदन बाहिर विभिन्न निकायमा दबाब दिने काम भैरहेको प्रतिनिधि सभा सदस्य तथा पूर्व पर्यटन राज्य मन्त्री धन बहादुर बुढाले बताए । सा‌सद बुढा भन्छन भेरिकरिडोर अन्तरगत तल्लु देखि डोल्पाको सदरमुकाम दुनै सम्म पहिलो चरणको ६० किलोमिटर कालोपत्रेको लागि अवको केहि महिना भित्र टेन्डर प्रक्रिया हुने, तल्लु देखि दुनै सम्म जहाँजहाँ आवश्यकता छ उक्त ठाउँहरुको लागि साना ठुला गरेर ८ वटा मोटरेवल पुल निर्माणको लागि तत्काल टेन्डर प्रक्रिया हुनेछन मैले जिल्लाको लागि गर्ने काम गरी रहेकोछु ।

दुनै,लासिक्याप,सिसोल सम्म वातावारणीय मुल्याकंन् ईआइए गर्न पाँच बर्ष लागेको सा‍सद धनबहादुर बुढाले सुनाए । बुढाले भने सडक निर्माणको लागि पहिलो चरण वातावरणीय मुल्याकंन् ईआइए गर्नु पर्ने भएकोले आफुले धेरै संघर्ष गरेर काम सकाएकाे र अव धमाधम टेन्डर प्रक्रिया भएर सडक निर्माण कार्य हुनेमा बिश्वस्त हुनुस । दुनै देखि लासिक्याप सडक खण्डको २० किलोमिटर टेन्डर प्रक्रिया भई सडक निर्माण कार्य श्रेया कन्सट्रक्सनले गरि रहेको छ । बुढाका अनुसार दुनै देखि लासिक्याप सडक खण्ड तिव्र गतिमा काम गर्नको लागि निर्माण कम्पनीलाई दबाब दिईरहेको र कामले पनि तिव्रता लिइरहेकाे दाबी गरे ।

सडक संञ्जाल नपुगेका माथिल्लो डोल्पाका शे-फाेक्सुण्डाे,छार्काताङसाेङ,डाेल्पाेबुद्व,काईके र मुड्केचुलामा सडक संजाल जोड्नको लागि विभिन्न निकाय संग छलफल तथा पहल भईरहेकाे सा‌सद धनबहादुर बुढाले बताए । जाजरकोट डोल्पा सड्कमा दुनै सम्म आउनको लागि पनि भेरी नदि तथा साना खोलाहरुमा दर्जन धेरै साना तथा ठुला पुलहरु निर्माण नभए यात्रुले सहज यात्रा गर्न पाउने छैनन भने महगीको मार डोल्पा वासिले खेपी रहनुपर्ने छ । चिनको तिब्बत र भारतको जहुनाहा नाका जोड्ने त्रिदेशिय जोडने सबैभन्दा छोटो सड्क हो भेरी करीडोर जाजरकोट डोल्पा दुनै मोरिम्ला सड्क । भारतको जहुनाहा देखी तिब्बतको मोरिम्ला नाका सम्म कुल ३ सय ७२ किलोमिटर रहेको छ ।