असार ४ देखि ८ गते सम्म १२ बर्ष माथिकालाई बुस्टर डाेज(खाेप)लगाईने ।

जैतुन अनलाइन | 2023-06-13

 

लेख बहादुर बुढा

दुनै : डाेल्पा जिल्लाका आठ वटै स्थानीय तहहरुमा काेभिड १९ विरुद्धको बुस्टर डाेज लगाईने भएकाे छ । यहि आगामी असार ४ गते देखि ८ गते सम्म डाेल्पाका सबै स्थानीय तहका विभिन्न स्वास्थ्य संस्थाबाट १२ बर्ष माथि उमेर समुहका सबैलाई बुस्टर डाेज(खाेप) लगाउन लागिएको हाे ।

काेभिड १९ राेग महामारी नियन्त्रण कार्यक्रम अनुसार १२ बर्ष माथिका सबै उमेर समुहका लागि ७ हजार डाेज फाईजर खाेप लगाउने तयारी रहेकाे जिल्ला स्वास्थ्य सेवा कार्यालय डाेल्पाका काेभिड १९ फाेकल पर्सन टेक बहादुर गुरुङले जानकारी दिनुभयो । स्वास्थ्य सेवा कार्यालय डाेल्पाकाे तथ्यांकअनुसार डाेल्पाका स्थानीय र कर्मचारी मजदुरी लगाएतका विभिन्न कामले डाेल्पा पुगेका नागरिक गरेर डाेल्पामा हाल सम्म ४३ हजार १ सय ६० जनाले काेभिड १९ बिरुद्धकाे खाेप लगाएका छन् । ५ देखि ११ बर्ष सम्मका ६ हजार २ सय ६६ जाना र १२ बर्ष उमेर समूह भन्दा माथिका ३३ हजार ६२ जनाले खाेप लगाएका छन् ।