असार ७ मा डाेल्पा जिल्ला पूर्ण खाेप घाेषणा हुने ।

जैतुन अनलाइन | 2023-06-13

डाेल्पा : डोल्पा जिल्लालाइ यहि असार ७ गते पुर्ण खोप जिल्ला घोषणा गरिने भएको छ ।  जिल्ला खाेप समन्वय समिति डाेल्पाकाे बैठक असार ७ गते डोल्पालाई पुर्ण खोप तथा दिगोपना जिल्ला घोषणा गर्ने निर्णय गरेको हो। जिल्ला समन्वय समिति प्रमुख समेत रहेका जिल्ला खाेप समन्वय समिति डाेल्पाका अध्यक्ष श्याम बहादुर राेकायाकाे अध्यक्षतामा विभिन्न सराेकारवाला निकाय प्रतिनिधिहरुकाे सहभागीतामा साेमबार बसेकाे बैठकले डाेल्पा जिल्ला लाई यहि आगामी असार ७ गते पूर्ण खाेप तथा दिगाेपना जिल्ला घाेषणा गर्ने निर्णय गरेकाे छ ।

डाेल्पाका ८ वटै स्थानीय तहमा १६ देखि ५९ महिना सम्मका सबै बालबालिकालाई राष्ट्रिय खाेप तालिका अनुसार १५ महिना उमेर भित्र पाउनु पर्ने सबै खाेप लगाएर दिगाेपना सुुनिश्चितता गरेर आगामी असार ७ गते पूर्ण खाेप जिल्ला घाेषणा गर्ने तयारी रहेकाे जिल्ला खाेप समन्वय समिति डाेल्पाका अध्यक्ष श्याम बहादुर राेकायाले बताउनुभयो । पूर्ण खाेप पालिका घाेषणा गर्न डाेल्पाका केही स्थानीय तह बाँकी छन् सबै मापदण्ड पूरा गरेर पूर्ण खाेप पालिका घाेषणा गर्न आग्रह गरिसकेको र स्वास्थ्य कार्यालयबाट प्रमाणिकरणकाे लागि प्रतिनिधि खटाईएकाे अध्यक्ष राेकायाले बताउनुभयो ।

डाेल्पाकाे जगदुल्ला गाउँपालिका,मुड्केचुला गाउँपालिका,त्रिपुरासुन्दरी नगरपालिका,ठुलीभेरी नगरपालिका पूर्ण खाेप पालिका घाेषणा भैसकेका छन् भने काईके गाउँपालिका २०७५ सालमै पुर्ण खाेप पालिका सुनिश्चितता घाेषणा भएकाेले केही दिन भित्र जिल्ला खाेप समन्वय समितिले प्रमाणिकरण प्रमाणपत्र हस्तान्तरण गरि औपचारिक घाेषणा गरिने भएकाे छ ।

डाेल्पामा पूर्ण खाेप पालिका घाेषणा गर्न बाकीँ शे फाेक्सुण्डाे गाउँपालिकामा डाक्टर रत्नीर सुनार,कर्ण बहादुर बि.क, ,डाेल्पाेबुद्व गाउँपालिकामा डाक्टर अखण्ड उपाध्याय,डाक्टर सुस्मिता जाेसी,छार्काताङसाेङ गाउँपालिकामा पुष्पा पाण्डे , गंगा ओझा काईके गाउँपालिकामा टेक बहादुर गुरुङ लाई पूर्ण खाेप पालिका घाेषणा प्रमाणिकरण गर्नकाे लागि परिचालन गरिएकाे छ ।